राजनीति

बिदेशमा अलपत्र ८ लाख नेपालीलाई बिना झन्झट तत्काल नेपाल फर्काउन गगनको माग(भिडियोसहित)

२८ भदौ, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगन कुमार थापाले महामारीका कारण विदेशमा अलपत्र परेका नेपालीहरुलाई नेकपा नेतृत्वको केपी शर्मा ओली सरकारले सहजीकरण गर्न नसकेको बताएका छन् । उनले विदेशमा अलपत्र परेका नेपालीहरुलाई आफैं खर्च गर्नुपर्ने बाध्यता श्रृजना गर्दै अदालतको आदेशलाईसमेत सरकारले लत्याएको भएको आरोप लगाएका छन् ।सर्बोच्च अदालतले आफ्नै खर्चमा आउन नसक्ने हुँदा कल्याणकारी कोषको रकम खर्च गरेर आउनु भने पनि उक्त कोषबाट एकजना नेपाली पनि नेपाल नफकाएको दाबी गरे ।
भदौ २५ गते ६२ हजारजति नेपाली विदेशबबाट नेपाल फर्किएको भन्दै दिनको १५ सयका दरले चैतबाट २ लाख ६० हजारको हाराहारीमा नेपालीहरुको श्रम स्वीकृति सकिएको बताएका छन् । उनले अनडकुमेन्ट नेपालीहरु सबै जोड्दा सरकारी रेकर्डअनुसार नै ८ लाख भएपनि उद्दारका लागि सरकारले चासो नलिएको बताएका छन्।
युवा नेता थापाले भारतबाट सीमासम्म आएका नेपालीहरुलाई सरकारले केही नाका खोलेको भरमा दुःखमाथी दुःख दिएको बताए । विदेशबाट नेपाल आउन चाहने नेपालीलाई एकातिर फिर्ति प्रकृयामा झन्झट दिएको भन्दै नाम दर्तादेखी टिकट काट्न सम्मको सास्ती भोग्नुपरेको तीतो यथार्थलाई सरकारले अवमुल्यन गरेको बताए । उनले पिसिआर टेष्ट, ब्ल्याकमा टिकट काट्नेसमेत पहुँच हुनेलेमात्र गरेको भन्दै यस्त कार्य थाहा पाएपनि सरकारले सुनेको नसुनै गरेको बताएका छन् ।
महामारीको समयमा विदेशी एयरलाईन्यसको भाडा घटाउन नसकिने भनेको सरकारले मेलेसियाका लागि २०/२५ हजार भाडा हुने भाडामा ९० हजारसम्म तिराएर सरकारले अन्याय गरेको बताए । नेपाल एयर लायन्सले पनि ९० हजारसम्म महँगो गर्दा श्रमिकहरुको आक्रोश सडकमा आएको बताउँदै सरकारले श्रमिकको राहत, उद्दारका लागि ध्यान नदिए समस्या थपिने उनले जिकिर गरे । विदेशबाट आउने नेपालीको आवागमनका लागि पर्यटन मन्त्री योगेश भट्टराईले सहजीकरण गर्ने भनिए पनि कागजमै सीमीत देखिएको बताए । उनले नेपाल एयरलायन्सले तत्काल भाडा घटाउनुपर्ने जिकिर गर्दै ब्ल्याकमा टिकट खरिद गर्नुपर्ने जोकोहीलाई पनि कडा कारबाही गर्नुपर्ने उनले बताए ।
नेता थापाले श्रमिककै कारण देश चलाउने तर आज उनीहरुलाई समस्या परेका बेलामा नथापाएजस्तो गर्ने छुट सरकारलाई नभएको भन्दै समस्या समाधानमा सरकारको ध्यान नगए आफूहरुको बिरोध निरन्तर भईरहने बताए । नेता थापाले सामाजिक सञ्जालमा भिडिोमार्फत बोल्दै उक्त कुरा बताएक हुन् ।