राजनीति

ओली सरकारको भ्रष्टाचारको देशभर भण्डाफोर गर्न पार्टी सभापति देउवाको कार्यकर्तालाई निर्देशन

२८ भदौ, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले सरकारले गरेको भ्रष्टाचारको देशभरबाट भन्डाफोर गर्न आज नेपाली कांग्रेसका नेताहरुलाई निर्देशन दिनु भएको छ।नेपाली कांग्रेस द्वारा नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाश शरण महतको संयोजकत्वमा गठन गरेको कोरोनापछी उत्पन्न परिस्थिति अनुगमन समिति आज जुम मार्फत बागमती प्रदेशका कांग्रेस नेता तथा विज्ञ सँग गरेको भिडियो कन्फेरेन्समा बोल्दै सभापति देउवाले यस्तो बताएका हुन।

सभापति देउवाले कोभिडको लागि नागरिकले गर्ने इन्स्योरेन्सको ब्यबस्था सरकार आफैले गर्न पनि माग गरेका छन। सभापति देउवाले यस्तो बिपदको बेला पनि आफ्नो जिवनको कुनै प्रवाह नगरी सेवामा खटिएका स्वास्थकर्मीहरुलाई धन्यवाद समेत दिए। उक्त भिडियो कन्फेरेन्समा बोल्दै नेपाली कांग्रेस केन्द्रिय सदस्य एवम् पुर्व अर्थमन्त्री डाक्टर राम शरण महतले सरकारले आर्थिक सात प्रतिशतका दरले आर्थिक वृद्धि गर्छु भन्दै गलत प्रचारबाजिमा लागेको आरोप लगाएका छन्।

उनले अहिले बिश्वकै आर्थिक वृद्धि दर घटिरहेको अवस्थामा हामीले सात प्रतिशतका दरले आर्थिक वृद्धिदर बढाउछु भन्नू गलत भएको बताए। पुर्व अर्थमन्त्री महतले किसानलाई समयमै सरकारले मल पुर्याउन नसक्नु निकै दुस्खद भएको भन्दै यसले धान उत्पादन घट्ने र यसले जनताको जनजीवनमा नराम्रो असार पार्ने पनि जिकिर गरे। उक्त कन्फरेन्समा बोल्दै नेपाली कांग्रेसका सहमहामन्त्री एवम् समितिका संयोजक डाक्टर प्रकाश शरण महतले सरकारको अकर्मणयताका कारण कोरोनाले नेपालमा फैलिएको बताए। उनले सरकारले कोरोना नियन्त्रणमा भन्दा पनि नियन्त्रणको बहानामा भ्रष्टाचार गर्न लिप्त भएको स्पस्ट पारे।