अन्तर्राष्ट्रिय

कोरोना अपडेटः ‘कोभिड १९’ बाट विश्वमा नौ लाख २८ हजार भन्दा बढीको मृत्यु

२९ भदौ । विश्वभरी कोरोना भाइरस सङ्क्रमणबाट नौ लाख २८ हजार ३४० जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले सोमबार जानकारी दिएको छ ।
सो संगठनका अनुसार विश्वमा दुई करोड ९१ लाख ८९ हजार ६५५ जना कोरोना भाइरस सङ्क्रमित भएका छन् । यद्यपी विश्वमा कोरोना भाइरस सङ्क्रमित दुई करोड १० लाख ३१ हजार ७६८ व्यक्ति कोरोना मुक्त भएका छन् ।

हाल विश्वमा ७२ लाख २९ हजार ७४७ व्यक्ति कोरोना भाइरस सङ्क्रमित रहेका उनीहरुको उपचार भइरहेको पनि सो संगठनले जानकारी दिएको छ । सङ्क्रमितहरु मध्ये ६० हजार ५११ जनाको अवस्था गम्भीर रहेको जनाएको छ ।

चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण संयुक्त राज्य अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।
कोरोना भाइरसबाट अन्त्यत प्रभावित दश ओटा देशहरुको डब्लुएचओद्वारा प्रकाशित तथ्याङ्क यी रहेका छन् ।

अमेरिकामा ६७ लाख ८ हजार ४५८ जनामा कोरोना भाइरसका सङ्क्रमित रहेका छन् । यहाँ ३९ लाख ७४ हजार ९४९ जना कोरोना भाइरस मुक्त भएका छन् भने १ लाख ९८ हजार ५२० व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।

भारतमा ४८ लाख ४६ हजार ४२७ जना कोरोना भाइरस सङ्क्रमति रहेका छन् । यहाँ ३७ लाख ८० हजार १०७ कोरोना भाइरस मुक्त भएका छन् भने ७९ हजार ७५४ जनाको मृत्यु भएको छ ।
ब्राजिलमा ४३ लाख ३० हजार ४५५ जना कोरोना भाइरस सङ्क्रमति रहेका छन् । यहाँ ३५ लाख ७३ हजार ९५८ कोरोना भाइरस मुक्त भएका छन् भने १ लाख ३१ हजार ६६३ जनाको मृत्यु भएको छ ।
रुस १० लाख ६२ हजार ८११ जना कोरोना भाइरस सङ्क्रमित रहेका छन । यहाँ ८ लाख ७६ हजार २५५ कोरोना भाइरस मुक्त भएका छन् भने १८ हजार ५७८ जनाको मृत्यु भएको छ ।

पेरुमा ७ लाख २९ हजार ६१९ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ । यहाँ ५ लाख ६६ हजार ७९६ जना कोरोना भाइरस मुक्त भएका छन् भने ३० हजार ७१० जनाको मृत्यु भएको छ ।
कोलम्बिया ७ लाख १६ हजार ३१९ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ । यहाँ ५ लाख ९९ हजार ३८५ कोरोना भाइरस मुक्त भएका छन् भने २२ हजार ९२४ जनाको मृत्यु भएको छ ।

मेक्सिकोमा ६ लाख ६८ हजार ३८१ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ । यहाँ ४ लाख ७१ हजार ६२३ कोरोना भाइरस मुक्त भएका छन् भने ७० हजार ८२१ जनाको मृत्यु भएको छ ।
दक्षिण अफ्रिकामा ६ लाख ४९ हजार ७९३ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ । यहाँ ५ लाख ७७ हजार ९०६ कोरोना भाइरस मुक्त भएका छन् भने १५ हजार ४४७ जनाको मृत्यु भएको छ ।
स्पेनमा ७ लाख ७६ हजार ६९७ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने २९ हजार ७४७ जनाको मृत्यु भएको छ ।

अर्जेन्टिना ५ लाख ५५ हजार ५३७ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ । यहाँ ४ लाख १९ हजार ५१३ कोरोना भाइरस मुक्त भएका छन् भने ११ हजार ३५२ जनाको मृत्यु भएको छ ।