तस्विरहरु

पहिरोपीडितको उद्धारमा नेपाली सेना(तस्विरहरु)

८ भदौ, काठमाडौं । बाह्रबिसे–७ घुम्थाङमा पहिरोमा पुरिएका ११ जनाको शव भेटिएको छ । नागपुजे र भीरखर्कको पहिरोमा ज्यान गुमाउनेमा ६२ वर्षीया भक्तिमाया श्रेष्ठ, ९८ वर्षीया ट्याक्सी शेर्पा, २३ वर्षकी जुनु विक, २४ वर्षका शुकलाल विक, ८ वर्षका सन्देश विक, ६० वर्षीया सर्किनी नेवार र ६५ वर्षका धनलाल विकलगायत रहेका छन् । मृतकमा ६० वर्षीया हिरामाया नेवार, ४२ वर्षकी ज्ञानीमाया प्रधान, २५ वर्षका कर्णबहादुर श्रेष्ठ र ५ वर्षकी सरस्वती विक छन् । पहिरोमा बेपत्ता भएका ३१ मध्ये २० जना बेपत्ताको उद्धारकार्य जारी छ । यसैबिच नेपाली सेनाको टोली उक्त उद्धार कार्यमा सकृय रहेको छ । तस्विरहरुः सैनिक जनसम्पर्क