प्रदेश 1

लोकसेवा आयोगकाे प्रथम वार्षिक प्रतिवेदन पेश

२८ भदौ, विराटनगर । प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासी समक्ष प्रदेश लोकसेवा आयोगका अध्यक्ष उत्तमकुमार भट्टराईले आयोगको प्रथम वार्षिक प्रतिवेदन २०७६/७७ आज पेश गरे ।

प्रदेश प्रमुख अधिकारीले प्रतिवेदन ग्रहण गर्दै कोरोना जोखिमका बीचमा पनि आयोगले प्रतिवेदन पेश गरेकोमा अध्यक्ष सहित आयोगमा कार्यरत सबैमा धन्यवाद दिए । प्रदेश प्रमुखसमक्ष आयोगले वार्षिक प्रतिवेदन पेश गर्ने प्रावधान रही आएको छ ।