राजनीति

सरकार पहिरो पीडित जनताको हितमा भन्दा शक्ती बटुल्न र कमाउतन्त्रमा ब्यस्तः डा संग्रौला

२८ भदौ, काठमाडौं । नेपाली काँग्रेसकी केन्द्रीय सदस्य डा डिला संग्रौलाले सिन्धुपाल्चोकको बारबिसे नपा ७ धुम्थान र भिरखर्कमा पहिरोले पुरिएर हालै डेढ दर्जन भन्दा बडी परिवारजनको धनजनको क्षति भएको समचारले तीन करोड नेपालीको मन रोएको बताएकी छन् । उनले जोखिम क्षेत्र भनी स्वयम सरकारले घोषणा गरे पनि यसको समुचित ब्यबस्थापन नगरेकोले घटना घटीनैरहेका भन्दै सरकार जनताको हितमा भन्दा आफुभित्रकै सत्ता संघर्स र कमाउतन्त्रमा ब्यस्त रहेको कुरा नेपाली जनताले महसुस गरेकाबताएकी छन् ।
महिला संघकी पुर्ब केन्द्रीय अध्यक्षसमेत रहेकी उनले सुर्यखबरसँग भनिन्, ‘यस्तो परिस्थितिमा नेकाका स्थानिय नेतादेखि सबैबाट यस सम्बन्धमा यथोचित पाइला चाल्न र सरकारलाई घच्घच्याउन आबस्यक छ। पीडित परिवारलाई राहत र क्षतिपूर्तिको ब्यबस्थापनमा जुटौं ।दिघकालिन ब्यबस्थापनमा ध्यान दिऔ।’