-ओम आचार्य -कविता
जव जव
मेरो देशले
एक एक कला बृद्धिगरी
आफ्नो अनुहारमा चमक ल्याउछ
तव तव
राहुले ग्रस्न थाल्छ
चमको विरोधी हो राहु
उज्यालो को विरोधी हो राहु
पुर्णताको विरोधी हो राहु
०
राहु छायाँ हो
यो कस्को छाँया हो
यो कस्को परकाया प्रवेस हो
र यो राहु
छाँया भएर वसेको छ
०
देशको अनुहार
जहिल्यै पनि मलिन
दाहासंस्कार गर्न हिडेका
मलामीको अनुहार जस्तो
त्यस्तो अनुहार वोकेर
देश सधैं शोकमा
देश सधैं भोकमा
०
हामीमा
हाम्रो शरिरमा हुँदै
यो राहु
स्कुल कलेज र हस्पिटलहरुमा किन वस्छ
यो राहु
गाँउर शहर हुदै राजमार्ग
र राजमार्ग हुदै
दसगजामा किन वस्छ
यो राहु
संसदर संसद हुँदै
संसदीय भवनमा
संसदीय भवन हुँदै
सरकार सम्म पुगेको छ
०
देशमा
देशको माटोमा
देशले ओगटेको अन्तरीक्षमा
र त्यो
अन्तरिक्ष भित्रको हावा पानिमा समेत
यो राहु
किन विष भएर आउछ
०
हामी सोझा छौ
हामी सरल छौं
हामी कंचन छौं
र हामी निस्च्ल छौं
तै भएर ग्रस्छ
०
टेडो चन्द्रमालाइ राहुले ग्रसेको देख्नु भएको छ
बांगो चन्द्रमालाई राहुले ग्रसेको देख्नु भएको छ
टेडो चन्द्रमा संग राहु पनि डराउछ
बांगो चन्द्रमा संग राहु पनि डराउछ
०
अव हामी टेडो हुनुपर्छ
अव हामी बांगो हुनुपर्छ
र
राहु हामीसंग पनि डराउछ