राजनीति

काँग्रेसले प्रधानमन्त्रीलाई भन्योः ‘वीर’लाई कोरोना अस्पताल बनाउँदा गंगामायालगायतको बिजोग नहोस्

२८ भदौ, काठमाडौं । नेपाली काँग्रेसका व्रवक्ता तथा सूचना तथा संचार बिभाग प्रमख बिश्वप्रकाश शर्मा वीर अस्पताललाई कोरोना अस्पताल बनाउने सरकारको निर्णयको स्वागत गर्दै उक्त अस्पतालमा रहेकी गंगामाया अधिकारीको उचित ब्यवस्थापन तत्काल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसँग माग गरका छन् ।
प्रवक्ता शर्माले ट्वीट गर्दै भनेका छन्, ‘वीरलाई कोभिड अस्पताल बनाएपछि वैकल्पिक ब्यवस्था गर्ने या त्यहाँबाट निक्लन दिने राज्यको कर्तव्य हो ।’ उनले थपेका छन्, ‘ब्यवस्थापन नगर्ने र निक्लनपनि नदिने कार्य आपत्तिजनक छ । अमानवीय चित्र सच्याउन प्रमको ध्यानाकर्षण गराउंदछु ।’
काँग्रेसले कोरोना अस्पताल बनाउँदा गंगामाया लगायतका विरामीहरुको कन्तबिजोग हुन भने नहुने भन्दै प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएको छ ।