सामाजिक सञ्जाल

धनराजको प्रश्नः भ्रष्टाचारीलाई बचाउने अख्तियार प्रमुख घिमिरेबिरुद्ध किन संसदबाट कारबाहीको प्रस्ताव आएन ?

२८ भदौ, काठमाडौं । नेपाली काँग्रेसका युवा नेता धनराज गुरुगंले गगन थापा, श्याम श्रेष्ठसहित उनले तत्कालीन अख्तियार प्रमुख लोकमान सिंह कार्कीको मनपरितन्त्रका बिरुद्ध सँसदमा गरेको जरुरी महत्वको प्रस्तावको स्मरण गरेका छन् ।
नेता गुरुगंले भने, ‘तत्कालीन अख्तियार प्रमुख लोकमानसिंहको मनपरितन्त्र बिरुद्ध गगन थापा प्रस्तावक तथा म र श्याम श्रेष्ठ समर्थक भएर हामीले संसदमा सार्बजनिक महत्वको प्रस्ताव दर्ता गराएका थियौं ।’
उनले थपे, ‘आजैबाट अबकाश लिने सत्ताको आदेश पालक अख्तियार प्रमुख नबिन घिमिरे बिरुद्ध कोही माननीयले चुँइक्क गरेको सुनिएन ।’ उबेला साँसद रहेका नेता गुरुग अहिले साँसद छैनन् ।
शुक्रबारमात्र एक कर्मचारीले एक हजार घुष काण्डमा सफाई पाएपछि नेपाल आयाल निगमको जग्गा घोटालामा भएको अर्बौं भ्रष्टाचार गर्नेलाई कारबाही नभएको भन्दै नेता गुरुगंले कडा अभिब्यक्ती दिएका थिए । त्यसमा अख्तियार प्रमुख नविन घिमिरेलाई कारबाही गर्नुपर्ने अभिब्यक्तीसमेत दिएका थिए । अख्तियार प्रमुख घिमिरेले आयल निगमको जग्गा घोटालाको फायल तामेलिमा राख्ने निर्णय गरेपछि नेता गुरुगंसहितका भ्रष्टाचार बिरोधी अभियान्ताहरुले अख्तियारको उक्त कदमको बिरोध गरिरहेका छन् ।
उनको भनाई। ‘तत्कालीन अख्तियार प्रमुख लोकमानसिंहको मनपरितन्त्र बिरुद्ध गगन थापा प्रस्तावक तथा म र श्याम श्रेष्ठ समर्थक भएर हामीले संसदमा सार्बजनिक महत्वको प्रस्ताव दर्ता गराएका थियौं। तर आजैबाट अबकाश लिने सत्ताको आदेश पालक अख्तियार प्रमुख नबिन घिमिरे बिरुद्ध कोही माननीयले चुँइक्क गरेको सुनिएन ।’