राजनीति

ओली सरकारले पछिल्लो समय भ्रष्टाचारबाहेक केही देख्न छाड्योः सभापति देउवा

२७ भदौ, काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा नेतृत्वको केपी शर्मा ओली सरकारलाई भ्रष्टाचार गर्न छाडेर अस्पताल निर्माणमा लाग्न आग्रह गरेका छन् ।
नेपाली काँग्रेस प्रदेश नम्बर १ को आजको भर्चुअल प्रशिक्षणमा बोल्दै सभापति देउवाले कााँग्रेसबाट निर्बाचित जनप्रतिनिधिहरुलाई नेपाली जनताका काम दत्तचित्र भएर गर्न आग्र गरेका छन् ।
सभापति देउवाले आक्रोशित हुँदै सरकारले कोरोना महामारीको कुनै मत्लव नगरेको बताउँदै भने, ‘‘सरकार कोरोना संकटका बेलामा पनि भ्रष्टाचारमा लिप्त छ । मानवीय संवेदना देखिएन ।’
सभापति देउवा सरकारले पिसिआर परीक्षण नबढाएको भन्दै सरकारले पछिल्लो समय भ्रष्टाचारभन्दा अरु केही देख्न छाडेको कडा आरोप लगाएका छन् ।