सामाजिक सञ्जाल

धनराजको प्रश्नः अरबौं भ्रष्टाचारमा मुछिएका आयल निगमका गोपाल खड्का बचाउने अख्तियारलाई कारबाही ख्वै ?

२८ भदौ, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य धनराज गुरुगंले सवा एक अर्ब भ्रष्टाचार भएको आयल निगम जग्गा खरिद काण्डको फाइल तामेलीमा राख्ने निर्णय गर्ने अख्तियार बिरुद्ध कारबाही किन नगर्ने ? भन्दै कडा प्रश्न गरेका छन् । उनले एक हजार घुस लिएको भनि अख्तियारले मुद्दा चलाएको खरिदार रामहरी सुबेदीले आत्महत्या गरिसके, बिशेष अदालतले उनलाई सफाई दिने निर्णय गरेको समाचार पढियो भन्ने स्मरण गर्दै अख्तियार दुरुपयोग अनुसंधान आयोगको आयल निगमका तत्कालीन कार्यकारी निर्देशक गोपाल खड्का, त्यसबेलाको आयल निगमबाट अरबौं भ्रष्टाचार गर्न सहयोग गर्ने मन्त्री तथा राजनीतिक व्यक्तीहरुलगायतलाई कारबाही नगर्ने कार्य बिरुद्धमा कडा देखिएका हुन् ।
आजमात्र एक हजार घुषको अभियोगमा अख्तियारले मुद्धा चलाएका सुबेदीलाई एक हजार घुषमा पक्राउ परेपछि आत्माहत्या गरेपछि अदालतबाट सफाई पाएको समाचार आए नेता गुरुगं आयल निगमको अरबौं जग्गा घोटालामा नेतृत्व गरेका गोपाल खड्कालाई बचाउन लागेको अख्तियार दुरुपयोग अनुसंधान आयोगबिरुद्ध लागेका हुन् ।
धनराजको स्टाटस्ः एक हजार घुस लिएको भनि अख्तियारले मुद्दा चलाएको खरिदार रामहरी सुबेदीले आत्महत्या गरिसके। बिशेष अदालतले उनलाई सफाई दिने निर्णय गरेको समाचार पढियो। यता सवा एक अर्ब भ्रष्टाचार भएको आयल निगम जग्गा खरिद काण्डको फाइल भने तामेलीमा राख्ने निर्णय गर्ने अख्तियार बिरुद्ध कारबाही किन नगर्ने ?