राजनीति

एमसीसी पास भए नेपालको शीर झुक्छ, एमसीसी पास गर्नखोज्ने दलाल हुन्ः नेता रावल

२८ भदौ, काठमाडौं । नेकपा स्थायी समिति सदस्य एबम् पुर्बगृहमन्त्री भीम रावलले मैले भन्दै नभनेको एमसीसी पारित गर्नुपर्छ भन्दै कुप्रचार अभियान चलाउनेहरू एमसीसी पारित गराउन लागिपरेका त्यसकै दलालहरू हुन् भनेका छन् । नेता रावलले यस्ताहरू भीम रावलले देशभक्तिपूर्ण अडान छोडेदेखि नेपालको शीर झुकाउन सजिलो हुन्थ्यो कि भन्ने कुत्सित सपना देखिरहेका छन् जो कहिल्यै पूरा हुने छैन भन्ने नेपाली जनतालाई बिश्वाससमेत दिलाउन खोजेका छन् ।
शुक्रबारको नेकपा स्थायी समिति बैठकमा भीम रावलले एमसीसी पास गर्नुपर्छ भन्दै प्रस्ताव गरेको भन्दै आएको समाचारप्रति टिप्पणी गर्दै स्थायी समिति सदस्य रावलले कडा टिप्पणी गरेका हुन् । नेता रावलले बिगतदेखी नै एमसीसीको कडा बिरोध गर्दै आईरहेका छन् भने एमसीसीको बिषयमा प्रतिबेदन तयार गर्न बरिष्ठ नेता झलनाथ खनालको नेतृत्वमा बनेको समितिका उनी सदस्यसमेत हुन् । नेता रावलले ट्वीट गर्दै भीम रावलले एमसीसीलाई साथ दिने भन्न्ने दलालहरुको सपनामात्र भएको र उक्त सपना कहिल्यै पुरा नहुने ठोकुवा गरेका छन् । शुक्रबारको नेकपा स्थायी समिति बैठकले एमसीसी परिमार्जनसहित पास गर्ने सहमती गरेको छ ।
नेता रावलको ट्वीटः मैले भन्दै नभनेको कुरा गरी एमसीसी पारित गर्नुपर्छ भने भनी कुप्रचार अभियान चलाउनेहरू एमसीसी पारित गराउन लागिपरेका त्यसकै दलालहरू हुन् । यस्ताहरू भीम रावलले देशभक्तिपूर्ण अडान छोडेदेखि नेपालको शीर झुकाउन सजिलो हुन्थ्यो कि भन्ने कुत्सित सपना देखिरहेका छन् जो कहिल्यै पूरा हुने छैन ।