मनोरञ्जन

पुष्प र गरिमा फिचर्ड प्रमोद खरेलको तिम्रै लागे हो भने सार्वजनिक (भिडियो)

२७ भदौ, काठमाडौं । चर्चित गायक प्रमोद खरेलको नयाँ गीत तिम्रै लागे हो भनेको म्युजिक भिडियो सार्वजनिक भएको छ नवराज न्यौपानेको शब्द संगीत रहेको गीतमा कर्साङ लामाको एरेन्ज रहेको छ ।

गीतको भिडियोलाई प्रमोद खरेलको युट्युब च्यानल मार्फत शुक्रबार सार्वजनिक गरिएको हो । पछिल्लो समयका हिट जोडीको रुपमा रहेका अभिनेता पुष्प खड्का र टिकटक स्टार गरिमा शर्माले फिचारिंग गीतको भिडियोलाई युवराज वाइबाले निर्देशन गरेका हुन् भिडियोमा निसल पौडेलको सिनेमाटोग्राफी र विकास दाहालको सम्पादन रहेको छ ।

यूवा–यूवतीको प्रेमभावलाइ व्यक्त गरिएको गीतमा सर्जक नवराज न्यौपानेले पहिलो सिर्जनाबाट नै अब्बल सावित देखिने भएका छ गीतको भिडियो रिलिज संगै राम्रा राम्रा प्रतिक्रिया आउन सुरु भइसकेको छ ।

गीतको भिडियोः