मनोरञ्जन

सोनिका लामा र निशान भट्टराई को स्वरमा गीत ‘आटो पिठो’ सार्वजनिक

२७ भदौ, काठमाडौं । निशान भट्टराई र सोनिका लामाको स्वरमा गीत ‘आटो पिठो’ सार्वजनिक भएको छ । दिपक शर्माको शब्द तथा संगीत रहेको गीतको भिडियोमा अभिनेता तथा मोडल पल शाह र एलिजा गौतमको प्रस्तुति देख्न सकिन्छ ।

सार्वजनिक भिडियोलाई टेकेन्द्र शाहले निर्देशन तथा सम्पादन गरेका हुन् । राम कुमार केसीको सिनेमाटोग्राफी रहेको भिडियोमा गम्भीर विष्टको कोरियोग्राफी रहेको छ ।

लाहुरबाट फर्केपछि घर-परिवारसँगै बाँकी जिन्दगी बिताउने भाव गीतले व्यक्त गरेको छ ।

गीतको भिडियोः