प्रवास

चक्र कार्कीको अध्यक्षतामा यस्तो छ नवोदित साहित्यिक वाचनालयको नयाँ निर्बाचित समिति

२७ भदौ, कतार । शुक्रबार नवोदित साहित्यिक वाचनालय कतारको १२ औं अधिवेसनले चक्र कार्कीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। साहित्यसम्बन्धी कार्य गर्ने उक्त वाचनालयको प्रथम उपाध्यक्षमा टीका खड्का राष्ट्रप्रेमी, द्वितिय उपाध्यक्षमा रुप रसाइली, मोबाइल पुस्तकालयमा दीप प्रदिप कुमार निर्बाचित भएका छन् ।
नेपालबाट कतार गएर बस्ने साहित्यमा रुची राख्नेहरुलाई समेटेर गठन गरिएको उक्त बाचनालयको महासचिवमा महेन्द्र खड्का, सचिवमा नाारायण निर्जल, कोषाध्यक्षमा शेखर बस्नेत, सहकोषाध्यक्षमा बिन्दा लामा निर्बाचित भएका छन् ।
यसैगरी सदस्यहरुमा सुरेसमान रुम्वा तामागंं, सुरेस परियार, सानु थपलिया, राम अधिन सम्भव, कमेन्द्र शाही आजित रहेको साहित्यकार मणि पौडेलले सुर्यखबरलाई बताए ।