राजनीति

अध्यक्ष थापाको ठोकुवाःहिन्दुराष्ट्र/राजासहितको लोकतन्त्रको बिचारले राप्रपा देशकै बलियो शक्ति बन्छ

२६ भदौ, काठमाडौं। राप्रपा अध्यक्ष कमल थापाले राष्ट्रिय प्रजातन्त्र पार्टीको मुख्य पहिचान हिन्दुराष्ट्र, राजसंस्थासहितको लोकतन्त्र र स्थानीय स्वायत्त शासनमा आधारित सम्बर्द्धनवादको बिचार भएको बताएका छन् । अध्यक्ष थापाले हिन्दुराष्ट्र, राजसंस्थासहितको लोकतन्त्रको बिचारले राप्रपालाई बलियो शक्ति बनाउने ठोकुवा गरेका छन् ।
उनले आजको नेता कार्यकर्ताहरुसँगको जुम बैठकमा आएका विचारहरुलाई सम्बोधन गर्दै कुनैपनि बहानामा उक्त मान्यतालाई कमजोर बनाउने र ओझेल पार्ने काम गर्नु हुँदैन भन्ने साथीहरुको भावनाको उच्च सम्मान गर्दछु भनेका छन् ।