विचार/ब्लग

अर्को जन्ममा पनि हजुरकै छोरी भएर जन्मन चाहान्छु आमा !

दीक्षा चापागाईँ/आमा हार्दिक श्रद्धा सुमन छ । आज मितिले २ बर्ष पुगो आमा सधैको लागी हजुरले यो संसारबाट विदा भएर गएको । आमा सँग विताएका क्षणहरु संझेर ल्याउदा जिन्दगी नै थाकेर आउछ । भोक, तिर्खा, निन्द्रा लाग्दैन आमा । राती उठेर आकाश तिर हेर्दा लाग्छ त्यो देखिने चन्द्रमा नै आमा हुन होला ।
आमा कतै जानु भएको छ, कुनै दिन टुप्लुक्क जेठी भन्दै आउनु हुन्छ जस्तो लाग्छ । आमा यो संसारमा नभएको कुरा झुट भै दिए जस्तो लाग्छ । विर्सेर जहिल्यै आमाको नम्बरमा फोन गर्छु अनि झसगं हुन्छु ।
कहिले काहि मृत्यु पछिको यो जिवनको अस्तित्व सक्किएको संझदा दिक्कै लागेर आउछ आमा । आजको यो दिन कालो दिन, निरास दिन, आमा आमा भनेर बोलाउदा आमाले है भनेर बोल्न छाडेको दिन । आमाको जिवन समाप्त भएको दिन । आमा अशिरिरी भएर कतै नजिकै बाट हामी सबैलाई हेरि रहनु भएको छ होला । आफु पनि शान्त, सुखी रहनु होला । यहाँ हामी सबैलाई ठिकै छ आमा । म केटाकेटी, वृद्ध बुबा आमाहरुको हेरविचारमै व्यस्त छु, बुबा, राजन, पुजा, माईली, राजकुमार, नाति, नातिनीहरु गाँउको घरमै छन् । ठुलो भाई खेम, गौरी, कान्छि, पुष्प यतै छन । अन्तरी सानिमा, सानु–बुबा अमेरिका जानु भो । बन्दले गर्दा म ताप्लेजुगं, फुलबारीमा हजुरबुबालाई भेटन जान सकेकी छुईन । बन्द खुल्ने बित्तिकै जाने छु आमा ।
बुबालाई हामी सबैले माया गरेर राखेका छौ । खुशी हुनुहुन्छ ।
कलि युगको अन्त्य तिर धेरै कसिमका आपत विपतहरु आउछन रे, हरेक माहामारी, आपत विपत सँग होस गर्नु है भन्नु हुन्थ्यो, त्यहि भै रहेको छ आमा आज संसारमा ।
आमाको संझना नआएको कुनै क्षण छैन । भोक, तिर्खा लागेको बेला आमा भए त केटी कता छस खाना खान आइज न भनेर बोलाउनु हुन्थ्यो जस्तो लाग्छ । तर के गर्ने आमा आफै ले आफैलाई संहाल्नुको बाहेक केहि रहेन आमा जिवनमा ।
यस्तो सुन्दर जिवन दिनु भो आमा, मैले यो जिवनमा जन्म दिने आमाको लागि बाँचुन्जे कति हजुरलाई हसाँउन सके, कति हजुरकि आज्ञाकारी बन्न सके, कति हजुर प्रति आभारी हुन सके त्यो मलाई थाहा छैन आमा । मैले यो संसारमा रहदा जानी नजानी हजुरको कुनै दिन मन दुखाएको भए क्षमा चाहान्छु आमा । बाँकि जिवन आमाको संझनामा दिन दुःखीको सेवामा बिताउने छु ।
कहिले काहि मन दुःखदा, पैतालामा चसक्क घोच्दा एैया नी आमा भन्छु, मेरा हरेक दुःखहरुमा सधै साथ दिने मेरी आमा मृत्यु पछि मेरी आमाको स्वर्ग भन्दा पनि माथि परमधाम, जहाँ परमपिता परमात्मा संसारका सम्पुर्ण प्राणीहरुका पिता शिव बाबा बस्नु हुन्छ त्यहि बाँस होस ।
जन्म र मृत्युको यो चक्करमा फेरी कुनै जन्म म यो संसारमा मानव भएर जन्म लिन पाएँ भने फेरी पनि हजुरकै गर्भबाट छोरी भएर जन्म लिन चाहान्छु आमा । हजुरसँगको आमाको नाताको तिर्सना मेटिएकै छैन मलाई ।
ल ल आमा यहाँ सबै ठिकै छ, कहिले काहि सपनामा भए पनि आउनु होला दुःख सुखका कुरा गर्न । हाम्रो संझना, श्रद्धा, माया, संझना, समपर्ण भावमा केहि कमि कमजोरी भए केटाकेटी नै छन जान्दैनन भनेर बुझि दिएर स्विकार्नु होला । हजुरको ओजपुर्ण छत्रछाँया हामीलाई सधै मिलि रहोस । ईश्वरको अदालतमा हजुरलाई न्याय मिलोस । परमधाम निवासी मेरी आमा , काली आमा, मनकि रानी आमा, प्यारी आमा, हजुर बुबा आमाकि माईली छोरी, अन्तरी सानीमाकि माल्दीदी, मेरी गुरु, मेरी असल मित्र मेरी माताजी लाई धेरै धेरै याद, प्यार माया छ ।
हार्दिक श्रद्धा सुमन छ आमा । ओम शान्ति आमा ।
आमा हरेक विहान उठने बेलामा आएर अए केटी उठने बेला भएन भनेर मेरो ओडने पन्साएर मेरो छेउमा बसेर टाउको मुसारि दिनु हुन्थ्यो, त्यो क्षण धेरै मिस गर्छु आमा ।
(चापागाईँ पवित्र समाजसेवा कि अध्यक्ष हुन् । )