पर्यटन/संस्कृति

हिमालय एअरलाइन्स्को आईएसओ ९००१–२०१५ प्रमाणीकरण घोषणा

२६ भदौ, काठमाडौं । नेपाल–चीन संयुक्त लगानीमा संचालित हिमालय एअरलाइन्स्ले प्रतिष्ठित क्वालिटी म्यानेजमेन्ट सिस्टम (क्युएमएस) सँग सम्बन्धित आईएसओ ९००१–२०१५ हासिल गरेको छ । यस प्रमाणीकरणले हिमालय एअरलाइन्स्कोे सम्पूर्ण अपरेशन क्षेत्रमा उच्चत्तम सम्भावित मापदण्ड कायम गर्दै वायुयानमर्मत तथाइन्जीनियरिङ्ग सेवाप्रदानगर्न सक्ने दक्षता पुष्टि गरेको छ ।

आईएसओ ९००१–२०१५ अन्तर्राष्ट्रिय मानकीकरण संगठन (आईएसओ) द्धारा विकास र प्रकाशितगरिएको एक विश्वव्यापीमान्यताप्राप्त गुणस्तरको स्तर हो जसले एक प्रभावकारी गुणस्तर प्रणाली मार्फत उत्पादन र सेवाहरुले ग्राहकहरुको आवश्यकताहरु पूरा गर्न सुनिश्चित गरेको बताएको छ ।

हिमालय एअरलाइन्स्को आईएसओ ९००१–२०१५ मान्यतामाकामगर्ने प्रतिबद्धताले ग्राहक र नियमनकारी निकायकोआवश्यकता पूरा गरी आफ्नो उत्पादन र सेवाहरु निरन्तर प्रदानगर्न सक्ने क्षमतालाई प्रदर्शन गर्ने जनाएको छ । आईएसओ ९००१–२०१५ अनुरुपबन्न एअरलाइन्स्ले व्यापककम्पनी अडिटलाई अंगिकार गरेकोे छ जसमा गुणस्तर व्यवस्थापन प्रणाली विकास, व्यवस्थापन प्रणाली कागजात समीक्षा, पूर्व अडिट, प्रारम्भिक मुल्याङ्कन र नन् –कन्फर्मेन्सको निकासी समावेश थियो ।

हिमालय एअरलाइन्स्का उपाध्यक्ष विजय श्रेष्ठले भने, “यो वास्तवमै हिमालय टीमका लागि एक उपलब्धीहो जसले हाम्राग्राहकहरुलाई उत्तम सम्भावित गुणस्तरीय सेवाउपलब्ध गराउने कम्पनीको प्रतिबद्धतालाई प्रमाणित गर्दछ । आईएसओ ९००१–२०१५ गुणस्तर व्यवस्थापन सिद्धान्तहरुमा आधारित भई निर्मित छ जसमाग्राहकहरुलाई केन्दितगरि सेवा पु¥याउने, उच्च स्तरको संगठन व्यवस्थापनको संलग्नता, एक प्रकृया अवधारणा र एक प्रकृयाको लगातार सुधार समावेश छ ।

आईएसओ ९००१–२०१५ को प्रयोग गर्दा हाम्राग्राहकहरुले निरन्तर, उच्च गुणस्तरको वस्तु र सेवाहरु पाउने सुनिश्चित गर्न मद्धत गर्नेछ, जसले एअरलाइन्स्मा धेरै व्यवसायिकलाभहरु ल्याउनेछ ।”प्रमाणीकरण पश्चात, एअरलाइन्स्ले हालसालै गत महिना मलेशियन एअरलाइन्स् बरहाड (एमएच) सँग सम्झौता गरेको थियो ।

मलेशियन एअरलाइन्स् एअरफ्रेम र इन्जिनसँग सम्बन्धितलाइन र बेस मेन्टेनेन्स, वर्कशप र स्पेयर सपोर्ट सेवाकालागिप्राविधिक र स्पेयर पार्ट सपोर्ट सेवाको आफ्नो क्षमता र विद्यमान स्रोतहरुकालागि परिचित रहेको छ ।

यस सहकार्यको साथअबहिमालय एअरलाइन्स्लाइन स्टेशन स्थापनाकालागि सुसज्जितभएको छ र वर्कशपक्षमताको वृद्धि सँगै अन्य एअरलाइन्स्बाट आयआर्जन गर्न इन्जीनियरिङ्ग व्यवसायको सम्भावित क्षेत्रतर्फ कार्य गर्न सकिनेछ ।