सामाजिक सञ्जाल

संग्रौलाको टिप्पणीः कोरोनाले भन्दा सकारको झूटले पो बढी मान्छे मार्ने भो गाँठ्ठे !

२५ भदौ, काठमाडौं । राजनीतिक विश्लेषक खगेन्द्र संग्रौलाले मुलुकमा कोरोनाले भन्दा पनि सकारको झूटले नागरिक मर्ने संकट निम्तीएको टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीट माफर्त संग्रौलाले साढे १५ हजार सक्रिय संक्रमितमध्ये आधा जसोलाई ठाउँ नपुगेर घरको (होम) आइसोलनमा राख्दा घरहरुनै कोरोनाका संक्रमण फैलने नर्सरी बनेको बताएका छन् ।

पछिल्लो समय नेपालमा कोरोना संक्रमितको संख्या तिब्र गतिमा बढ्न थालेपछि आईसोलेशन अभाव भएको भन्दै सरकारले कोरोना संक्रमित नागरिकलाई होम आईसोलेशनमा बस्न आग्रह गरेका बेला संग्रौलाले सरकारको उक्त निर्णयको कटाक्ष गरेका छन् ।

साथै संग्रौलाले संक्रमित जनता घरमै विभिन्न चुनौतिका साथ बस्न बाध्य भएका बेला स्वास्थ्य प्रवक्ताले भने ४० हजार सक्रिय संक्रमिताका लागि हर चीजको पर्याप्त प्रबन्ध छ भनी डङ्क पिट्न थालेको उनको भनाई छ ।

उनको ट्वीटः साढे १५ हजार सक्रिय संक्रमितमध्ये आधाजसोलाई ठाउँ नपुगेर गृह आइसोलनमा राख्दा गृहहरू कोरोनाका नर्सरी बनेका छन् । स्वास्थ्य प्रवक्ता ४० हजार सक्रिय संक्रमिताका लागि हर चीजको पर्याप्त प्रबन्ध छ भनी डङ्क पिट्न थाले ।कोरोनाले भन्दा सकारको झूटले पो बढी मान्छे मार्ने भो गाँठ्ठे !