राजनीति

सहमतीबाट भन्दा १४ महाधिवेशनको स्वस्थ्य प्रतिस्पर्धाबाट सभापति छान्नु उचितः नेता डा रिजाल

२४ भदौ, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा मिनेन्द्र रिजालले आज नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति बिमलेन्द्र निधि लगायतका शीर्ष नेताहरुले नेपाली काँग्रेसको आउँदो महाधिवेशनमा सहमतीमा नेतृत्व छान्न गरेको प्रस्तावको बिरोध गरेका छन् ।
पुर्व मन्त्रीसमेत रहेका नेता डा रिजालले ट्वीट गर्दै भनेका छन्, ‘मुहान थुनेर हाम्रा स्वार्थ व्यवस्थापन गरी सर्वसम्मत नेतृत्व छान्ने कसरतमा होइन, स्वस्थ्य प्रतिश्पर्धाबाट नेतृत्व छानेर नदीलाई स्वभाविक गतिमा बग्न दिन पट्टि लागौं।’
डा रिजालले थपेका छन्, ‘यसबाट नै काङ्ग्रेसको नदी अझ कञ्चन हुन्छ, यसैमा काङ्ग्रेसमात्र होइन देश र जनताको हीत छ।’
उनले १४ महाधिवेनमा स्वच्छ तवरले अधिवेशन हुनुपर्ने र उक्त अधिवेशनले सभापति लगायतका केन्द्रीय समिति निर्बाचित गरेर त्यहीँ केन्द्रीय समितिले काँग्रेस हाँक्दा काङ्ग्रेसमात्र नभएर देश र जनताको हीत हुने तर्क गरेका छन् । पछिल्लो समय काँग्रेस कोषाध्यक्ष सीतादेवी यादव, उपसभापति बिमलेन्द्र निधि लगायतले सहमतीमा नेतृत्व छान्ने प्रस्ताव ल्याईरहेका छन् भने आजको १०७ औं विपी जयन्तीको जुम बैठकमा बरिष्ठ नेता रामचन्द्र पौडेलले पनि सहमतीमा नेतृत्व चयनका लागि छलफल गर्न सकिने बताएका थिए । १४ महाधिवेशन फागुनमा घोषणा गरिसकेको काँग्रेसमा नेतृत्वका लागि छलफल र अन्तरकृयाहरु चलिरहेका बेला डा रिजालको प्रतिकृया आएको हो । 
नेता डा रिजालको ट्वीटः मुहान थुनेर हाम्रा स्वार्थ व्यवस्थापन गरी सर्वसम्मत नेतृत्व छान्ने कसरतमा होइन, स्वस्थ्य प्रतिश्पर्धाबाट नेतृत्व छानेर नदीलाई स्वभाविक गतिमा बग्न दिन पट्टि लागौं। यसबाट नै काङ्ग्रेसको नदी अझ कञ्चन हुन्छ, यसैमा काङ्ग्रेसमात्र होइन देश र जनताको हीत छ।