राजनीति

१४ औं महाधिवेशनमा कसैले पनि काँग्रेस नछाड्ने वातावरण बनाउछुः सभापति देउवा

२४ भदौ, काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले विपी कोईराला सानो देशको ठूलो नेता भएको बताउँदै पार्टीभित्र महामन्त्री नै दलित बनाउँदै नेपालको पहिलो समाबेशी राजनीतिक नेता भएको बताएका छन् । विपी कोईरालाको सरकारका पालामा मन्त्रीमण्डल नै समाबेशी भएको भन्दै गाउँलाई ध्यान दिनुपर्ने भन्ने सोचाई रहेको भन्दै काँग्रेसले खानेपानी, स्कुल, अस्पताल बनाएको विचार ब्यक्त गरेका छन् । विपीलाई फाँसीको सजाय दिनुपर्छ भन्ने मानिस पनि भएको भन्दै विपी ज्यानको प्रबाह नगरी हिम्मतदार भएको विचार बताए ।
सभापति देउवाले विपीले राष्ट्रियता र प्रजातन्त्रको सवालमा कसैले विपीलाई हल्लाउन नसकेको भन्दै सभापति कृष्ण प्रसाद भट्टराई, गणेशमान सिंहले काँग्रेस छाडेको स्मरण गर्दै आफू कसैले पनि पार्टी छाड्नुपर्ने अवस्था नआओस भनेर लागिरहेको बताएका छन् । सभापति देउवाले कोरोना मुक्त मुलुक बनाउन काँग्रेस लाग्नुपर्ने भन्दै माक्स, सेनिटाईजर, दूरी कायम लगायतका कुरामा ध्यान दिनुपर्ने बताए ।
सभापति देउवाले कोरोनाका कारण जुमबाटमात्र विपी जयन्त्री मनाउनुपरेको भन्दै कोरोना मुक्त मुलुक अभियानमा सबैलाई लाग्न आह्वानसमेत गरे ।

एक एक बिषयमा छलफल भए सहमतीमा नेतृत्व चयनका लागि तयार छुः बरिष्ठ नेता पौडेल
नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्र अपरिहार्य, जनताले चुनेका प्रतिनिधिले काम गर्नुपर्छ लगायतका कुरा गर्नुभएके बताएका छन् । उनले विपी कोईराला राजनीतिक चिन्तक र क्रान्तिकारी भएको बताए । उनले विपीले जातभात अन्त्य, लैंगिंक भेदभात अन्त्यको कुरा उठाएको बताए । नेता पौडेलले २००७ सालको क्रान्ति राजीतिक, आर्थिक र सामाजिक परिवर्तनका लागि भएको भन्दै कम्युनिष्टले कुरा नबुझेर उनीहरुले खेती भएको र यो धेरै नटिक्ने बताए । नेता पौडेलले विपीले गाउँलाई अनि किशानलाई हेर्न, कृषिमा ल्याएको बजेट, सिँचाईमा काम गरेको बिर्षन नहुने बताए ।
बरिष्ठ नेता पौडेलले ६ बर्षसम्म अम्युनिष्टको घेरामा शब्द शब्दमा छललफल भएर ०७३ सालको संबिधान बनेको दाबी गर्दै स्वतन्त्र न्यायालय, आधारभूत आवस्यकता, तीन प्रणलीको व्यवस्थालगायतका लागि काँग्रेसले लडेको बताए । उनले झलनाथ, बाबुराम, पुष्पकमल, माधव नेपाल हुँदा प्रचण्डले १० वटा राज्य पाउने कुरामा सहमती गरे आफूलाई प्रधानमन्त्री बन्न अफर गरेको भन्दै आफूले देशको प्रधानमन्त्री त के ईन्द्र नै भएपनि देश डुबाउने कुरामा आफूले बिषयमा सहमती गर्न नसक्ने बताए । उनले पछिल्लो संबिधान बिपीको विचारको संबिधान आएको बताउँदै पहिलो काम भनेको जनताको तत्कालीन आधारभूत आवश्यक्ताको पूर्ति गर्नुपर्ने विपीले बताएको स्मरण गरे । विपीको समयमा जमिनमा पहुँच हुने र नहुनेमा असमानता भएको भएपनि अहिले प्रबिधिमा पहुँच हुने र नहुनेबिच असमानता भएको बताए । उनले काँग्रेसले विपीको बाटो छाडेको भन्ने कुरा गलत भएको बताए ।
राज्यले जिम्मेवारीबाट भाग्न पनि नपाईने र सबै हस्तक्षेप गर्न पनि नपाईने भन्ने कुरा महत्वपूर्ण हुने भन्दै कृषि सामाग्री संस्थानलाई कम्पनी बनाएर राज्यले हस्क्षेप गरेको बताए । प्रजातान्त्रीक समाजबाद नै हस्तक्षेपकारी नीति लागू गर्न नहुने भन्ने रहेको जिकिर गरे । नेता पौडेलले विपीले आफैंले आफू राजनीतिमा समाजबादी र शाहीत्यमा अराजकताबादी भएको बताएको भन्दै विपी मनोविज्ञानको ठुलो ज्ञाता पनि भएको बताए । विपीकै चिन्तनबाट आजसम्मको राजनीति चलेको भन्दै बनारस जाँदा अड्कलेर आफूहरुलाई खर्च दिनेगरेको स्मरण गरे । नेता पौडेलले ०१७ सालमा राजाले कु गरेपछि राजाका निकटका पत्रिकाले पनि विपीले आफुले भ्रष्टाचार गरेनन् बरु उनका मन्त्रीले गरेको लेखेको बताए । उनले जनमत संक्रह पनि विपीलाई दबाउनकै लागि गरिएको दाबी गरे । नेता पौडेलले ०१७ साल नआएको भए अहिले नेपालको अवस्था बेग्लै हुने बताए ।
बरिष्ठ नेता पौडेलले १४ महाधिवेशनमा कृयाशील सदस्यताको काम सम्म सम्पन्न हुन नसकेको भन्दै सजिलो हुँदा एक बर्ष सारेको भन्दै अहिले भातृसंस्थाको अधिवेशन गरेको भए काँग्रेस बलियो हुने सबैले बुझेको बताए । उनले बिद्यार्थी, दलितलगायतका भातृसंस्थाको अधिवेशन किन समयमा नभएको भन्दै प्रश्न गरे । उनले कम्युनिष्ट बुध कब्जा गर्न, धाँधली गर्न जान्ने पार्टी भएको बुझ्न भन्दै फेरि उनीहरु सत्तामा पनि भएमा काँग्रेसले कस्तो रणनीति अपनाउने हो भन्ने सोच्नुपर्ने विचार व्यक्त गरे । उनले आफू सधैं एकताको पक्षमा भएको भन्दै न्याय, निश्पक्षता र पार।दर्शी मुल्याँकनका आधारमा एकता हुनुपर्ने बताए । उनले ढाकछोप गरेर भन्दा भित्रैबाट लोकतान्त्रीक एकता गर्न पछि नपर्ने बताए । उनले एक एक तर्क गरेर के के आधारबाट सर्बसम्मत नेतृत्व गर्ने भन्ने कुरा तय गरर सर्बसम्मत नेतृत्व चुन्ने हो भने आफू त्यसका लागि तयार रहेको बताए ।
उनले काँग्रेसलाई कसरी जनताको भरोसाको केन्द्र बनाउन सकिन्छ भन्ने कुरातिर काँग्रेसले अध्ययन गर्नुपर्ने विचार व्यक्त गरे ।

अहिलेसम्मको राजनीनिक परिवर्तनको मुख्य नेता विपीः उपसभापति निधि
नेपाली काँग्रेसका उपसभापति बिमलेन्द्र निधिले विपी कोईराला राजनीतिमात्र नभएर साहित्यीक ब्यक्तीत्व दुवै सफल हुनुभएको बताएका छन् । १०७ औं विपी जयन्तीकाो अवसरमा आयोजीत जुम बैठकमा बोल्दै उनले विपी कोईरालाको राष्ट्रियता, प्रजातन्त्र र समाजबादको बारेमा आफूले अतुलनीय रुपमा लिएको बताए ।
उपसभापति निधीले ००७ साल भन्दा अगाडीको निर्माता र ००७ सालपछिको निर्माता को भन्ने कुरा उठ्ने बताए। उनले ००७ साल अगाडी नेपालको निर्माता पृथ्वीनारायण साह भएको बताए भने शिक्षा, विदेश नीति, शासकीय स्वरुपलगायत नेपाली काँग्रेसको सभापतिको हिसावले २००७ सालको राजनीतिक परिवर्तनको नेतृत्व विपी कोईरालाले गरेको दाबी गरे । उनले २००७ सालपछि विपी कोईरालाले बनाएको सरकारको ०१७ सालसम्मको यात्रालाई हेर्दा चारित्रीक र राजनीतिक परिवर्तन हेर्दा लोकतान्त्रीक, आधुनिक राज्यको निर्माणको प्रयास भएको दाबी गरे ।
नीति तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुखसहित रहेका उपसभापति निधिले २००७ सालपछि सेना, लोकसेला, सेना, प्रहरी संसदमा तीन तहको ब्यवस्था सबै विपी कोईरालाको नेतृत्वमा भएको बताए । नेपालमा आधुनिक र लोकतान्त्रीक राज्यको निर्माता विपी कोईराला भएको टिप्पणी गरेका छन् । राज्यको संरचना अहिले भएकोमात्र भन्ने गलत भएको भन्दै २००७ सालपछि नै व्यवस्थापीका, कार्यपालिका र न्यायपालिका शक्तीपृथकीकरणको सिद्धान्तअनुरुप ल्याउने कार्यको नेतृत्व विपीलmे गरेको बताए ।
नेता निधीले विपी कोईराला डाईनामिक लिडर भएको बताउँदै विपीले भनेको वास्तविकताको धरातलमा उभिएर जो अगाडी बढ्छ त्यो सफल हुन्छ भन्ने कुरा सत्य भएको दाब्ी गरे । राष्ट्रियता राजारहेसम्म रहन्छ भन्ने बहस पनि छ तर राष्ट्रिय मेलमिलापको नीति लिएर ०३३ सालमा विपी आएको स्मरण गर्नुपर्ने भन्दै ०३६ सालमा ४५ प्रतिशत भोट आउनु पनि लोकतन्त्रको सफलता नै भएको बताए । विपी कोईराला मेलमिलापको नीति लिएर नेपाल प्रवेश गरेपछि वास्तविकताको धरातलमा उभिएर अगाडी बढ्दै आफ्नो डाईनामिजम प्रयोग गरेको बताए । त्यसको परिणामस्वरुप बहुदल ल्याएको बताए ।
उपसभापति निधिले दुइपटकको संबिधान सभाबाट पनि संबिधान नबनिकन बनेको गणतन्त्रात्मक संबिधान काँग्रेसले बनाएको भन्ने भन्दापनि कसरी यसलाई संरक्षण गर्ने कुरा महत्वपूर्ण बिषय भएको भएको बताए । उनले धर्मनिरपेक्षताको बिषयमा विपी कोईरालाले स्पष्ट रुपमा नेपाल धर्म निरपेक्षताको वकालत गरेको बताए । उनले धार्मिक स्वतन्त्रता नै धर्म निरपेक्षता भएको जिकिर गरे । पुर्व उपप्रधानमन्त्री एबम् गृहमन्त्रीसमेत रहेका उनले प्रधानमन्त्रीले आफूले संघीयतामा आफ्नो विश्वास नरहेको बताएको स्मरण गर्दै कम्युनिष्ट जनबादी हिसावले चल्न खोजेको आरोप लगाए । उनले फेरीपनि कम्युनिष्टले ने निर्बाचन जिते संघीयता, गणतन्त्र, प्रणाली र संबिधानको रक्षा हुन नसक्ने ठोकुवा गरे । उनले सबैको रक्षा नेपाली काँग्रेसले गर्ने भन्दै उनले आगामी चुनावमा उक्त मागहरु लिएर जनतामा जाने बताए । उनले नेपाली काँग्रेसको आउँदो महाधिवेशनमा विचारको आधारमा एक हुनुपर्ने र नेतृत्वको चयन सर्बसम्मती रुपमा गर्दा मतदाता, जनता, अन्तर्राष्ट्यि समुदाय, वैचारिक आधारमा नेतृत्व चुन्नुपर्ने बताए । नेपाल्ी काँग्रेसले आयोजना गरेको विपी जयन्तीको अवशरको आजको भर्चुअल बैठकमा उपसभापति निधिले उक्त महत्वपूर्ण प्रस्ताव गरेका हुन् ।