राजनीति

प्रचण्डले प्रधानमन्त्री बन्ने अफर गर्दापनि १० प्रदेश बनाउने प्रस्ताव स्विकार गरिनः बरिष्ठ नेता पौडेल

२४ भदौ, काठमाडौं । नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्र अपरिहार्य, जनताले चुनेका प्रतिनिधिले काम गर्नुपर्छ लगायतका कुरा गर्नुभएके बताएका छन् । उनले विपी कोईराला राजनीतिक चिन्तक र क्रान्तिकारी भएको बताए । उनले विपीले जातभात अन्त्य, लैंगिंक भेदभात अन्त्यको कुरा उठाएको बताए । नेता पौडेलले २००७ सालको क्रान्ति राजीतिक, आर्थिक र सामाजिक परिवर्तनका लागि भएको भन्दै कम्युनिष्टले कुरा नबुझेर उनीहरुले खेती भएको र यो धेरै नटिक्ने बताए । नेता पौडेलले विपीलेृ गाउँलाई अनि किशानलाई हेर्न, कृषिमा ल्याएको बजेट, सिँचाईमा काम गरेको बिर्षन नहुने बताए ।
बरिष्ठ नेता पौडेलले ६ बर्षसम्म अम्युनिष्टको घेरामा शब्द शब्दमा छललफल भएर ०७३ सालको संबिधान बनेको दाबी गर्दै स्वतन्त्र न्यायालय, आधारभूत आवस्यकता, तीन प्रणलीको व्यवस्थालगायतका लागि काँग्रेसले लडेको बताए । उनले झलनाथ, बाबुराम, पुष्पकमल, माधव नेपाल हुँदा प्रचण्डले १० वटा राज्य पाउने कुरामा सहमती गरे आफूलाई प्रधानमन्त्री बन्न अफर गरेको भन्दै आफूले देशको प्रधानमन्त्री त के ईन्द्र नै भएपनि देश डुबाउने कुरामा आफूले बिषयमा सहमती गर्न नसक्ने बताए । उनले पछिल्लो संबिधान बिपीको विचारको संबिधान आएको बताउँदै पहिलो काम भनेको जनताको तत्कालीन आधारभूत आवश्यक्ताको पूर्ति गर्नुपर्ने विपीले बताएको स्मरण गरे । विपीको समयमा जमिनमा पहुँच हुने र नहुनेमा असमानता भएको भएपनि अहिले प्रबिधिमा पहुँच हुने र नहुनेबिच असमानता भएको बताए । उनले काँग्रेसले विपीको बाटो छाडेको भन्ने कुरा गलत भएको बताए ।
राज्यले जिम्मेवारीबाट भाग्न पनि नपाईने र सबै हस्तक्षेप गर्न पनि नपाईने भन्ने कुरा महत्वपूर्ण हुने भन्दै कृषि सामाग्री संस्थानलाई कम्पनी बनाएर राज्यले हस्क्षेप गरेको बताए । प्रजातान्त्रीक समाजबाद नै हस्तक्षेपकारी नीति लागू गर्न नहुने भन्ने रहेको जिकिर गरे । नेता पौडेलले विपीले आफैंले आफू राजनीतिमा समाजबादी र शाहीत्यमा अराजकताबादी भएको बताएको भन्दै विपी मनोविज्ञानको ठुलो ज्ञाता पनि भएको बताए । विपीकै चिन्तनबाट आजसम्मको राजनीति चलेको भन्दै बनारस जाँदा अड्कलेर आफूहरुलाई खर्च दिनेगरेको स्मरण गरे । नेता पौडेलले ०१७ सालमा राजाले कु गरेपछि राजाका निकटका पत्रिकाले पनि विपीले आफुले भ्रष्टाचार गरेनन् बरु उनका मन्त्रीले गरेको लेखेको बताए । उनले जनमत संक्रह पनि विपीलाई दबाउनकै लागि गरिएको दाबी गरे । नेता पौडेलले ०१७ साल नआएको भए अहिले नेपालको अवस्था बेग्लै हुने बताए ।
बरिष्ठ नेता पौडेलले १४ महाधिवेशनमा कृयाशील सदस्यताको काम सम्म सम्पन्न हुन नसकेको भन्दै सजिलो हुँदा एक बर्ष सारेको भन्दै अहिले भातृसंस्थाको अधिवेशन गरेको भए कँँग्रेस बलियो हुने सबैले बुझेको बताए । उनले बिद्यार्थी, दलितलगायतका भातृसंस्थाको अधिवेशन किन समयमा नभएको भन्दै प्रश्न गरे । उनले कम्युनिष्ट बुध कब्जा गर्न, धाँधली गर्न जान्ने पार्टी भएको बुझ्न भन्दै फेरि उनीहरु सत्तामा पनि भएमा काँग्रेसले कस्तो रणनीति अपनाउने हो भन्ने सोच्नुपर्ने विचार व्यक्त गरे । उनले आफू सधैं एकताको पक्षमा भएको भन्दै न्याय, निश्पक्षता र पार।दर्शी मुल्याँकनका आधारमा एकता हुनुपर्ने बताए । उनले ढाकछोप गरेर भन्दा भित्रैबाट लोकतान्त्रीक एकता गर्न पछि नपर्ने बताए । उनले एक एक तर्क गरेर के के आधारबाट सर्बसम्मत नेतृत्व गर्ने भन्ने कुरा तय गरर सर्बसम्मत नेतृत्व चुन्ने हो भने आफू त्यसका लागि तयार रहेको बताए ।
उनले काँग्रेसलाई कसरी जनताको भरोसाको केन्द्र बनाउन सकिन्छ भन्ने कुरातिर काँग्रेसले अध्ययन गर्नुपर्ने विचार व्यक्त गरे ।