राजनीति

उपसभापति निधिको प्रस्तावः गुटबन्दीरहित बनाउन काँग्रेसको सभापति सर्बसम्मती चयन गरौं

२४ भदौ, काठमाडौं । नेपाली काँग्रेसका उपसभापति बिमलेन्द्र निधिले विपी कोईराला राजनीतिमात्र नभएर साहित्यीक ब्यक्तीत्व दुवै सफल हुनुभएको बताएका छन् । १०७ औं विपी जयन्तीकाो अवसरमा आयोजीत जुम बैठकमा बोल्दै उनले विपी कोईरालाको राष्ट्रियता, प्रजातन्त्र र समाजबादको बारेमा आफूले अतुलनीय रुपमा लिएको बताए ।
उपसभापति निधीले ००७ साल भन्दा अगाडीको निर्माता र ००७ सालपछिको निर्माता को भन्ने कुरा उठ्ने बताए। उनले ००७ साल अगाडी नेपालको निर्माता पृथ्वीनारायण साह भएको बताए भने शिक्षा, विदेश नीति, शासकीय स्वरुपलगायत नेपाली काँग्रेसको सभापतिको हिसावले २००७ सालको राजनीतिक परिवर्तनको नेतृत्व विपी कोईरालाले गरेको दाबी गरे । उनले २००७ सालपछि विपी कोईरालाले बनाएको सरकारको ०१७ सालसम्मको यात्रालाई हेर्दा चारित्रीक र राजनीतिक परिवर्तन हेर्दा लोकतान्त्रीक, आधुनिक राज्यको निर्माणको प्रयास भएको दाबी गरे ।
नीति तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुखसहित रहेका उपसभापति निधिले २००७ सालपछि सेना, लोकसेला, सेना, प्रहरी संसदमा तीन तहको ब्यवस्था सबै विपी कोईरालाको नेतृत्वमा भएको बताए । नेपालमा आधुनिक र लोकतान्त्रीक राज्यको निर्माता विपी कोईराला भएको टिप्पणी गरेका छन् । राज्यको संरचना अहिले भएकोमात्र भन्ने गलत भएको भन्दै २००७ सालपछि नै व्यवस्थापीका, कार्यपालिका र न्यायपालिका शक्तीपृथकीकरणको सिद्धान्तअनुरुप ल्याउने कार्यको नेतृत्व विपीलmे गरेको बताए ।
नेता निधीले विपी कोईराला डाईनामिक लिडर भएको बताउँदै विपीले भनेको वास्तविकताको धरातलमा उभिएर जो अगाडी बढ्छ त्यो सफल हुन्छ भन्ने कुरा सत्य भएको दाब्ी गरे । राष्ट्रियता राजारहेसम्म रहन्छ भन्ने बहस पनि छ तर राष्ट्रिय मेलमिलापको नीति लिएर ०३३ सालमा विपी आएको स्मरण गर्नुपर्ने भन्दै ०३६ सालमा ४५ प्रतिशत भोट आउनु पनि लोकतन्त्रको सफलता नै भएको बताए । विपी कोईराला मेलमिलापको नीति लिएर नेपाल प्रवेश गरेपछि वास्तविकताको धरातलमा उभिएर अगाडी बढ्दै आफ्नो डाईनामिजम प्रयोग गरेको बताए । त्यसको परिणामस्वरुप बहुदल ल्याएको बताए ।
उपसभापति निधिले दुइपटकको संबिधान सभाबाट पनि संबिधान नबनिकन बनेको गणतन्त्रात्मक संबिधान काँग्रेसले बनाएको भन्ने भन्दापनि कसरी यसलाई संरक्षण गर्ने कुरा महत्वपूर्ण बिषय भएको भएको बताए । उनले धर्मनिरपेक्षताको बिषयमा विपी कोईरालाले स्पष्ट रुपमा नेपाल धर्म निरपेक्षताको वकालत गरेको बताए । उनले धार्मिक स्वतन्त्रता नै धर्म निरपेक्षता भएको जिकिर गरे । पुर्व उपप्रधानमन्त्री एबम् गृहमन्त्रीसमेत रहेका उनले प्रधानमन्त्रीले आफूले संघीयतामा आफ्नो विश्वास नरहेको बताएको स्मरण गर्दै कम्युनिष्ट जनबादी हिसावले चल्न खोजेको आरोप लगाए । उनले फेरीपनि कम्युनिष्टले ने निर्बाचन जिते संघीयता, गणतन्त्र, प्रणाली र संबिधानको रक्षा हुन नसक्ने ठोकुवा गरे । उनले सबैको रक्षा नेपाली काँग्रेसले गर्ने भन्दै उनले आगामी चुनावमा उक्त मागहरु लिएर जनतामा जाने बताए । उनले नेपाली काँग्रेसको आउँदो महाधिवेशनमा विचारको आधारमा एक हुनुपर्ने र नेतृत्वको चयन सर्बसम्मती रुपमा गर्दा मतदाता, जनता, अन्तर्राष्ट्यि समुदाय, वैचारिक आधारमा नेतृत्व चुन्नुपर्ने बताए । नेपाल्ी काँग्रेसले आयोजना गरेको विपी जयन्तीको अवशरको आजको भर्चुअल बैठकमा उपसभापति निधिले उक्त महत्वपूर्ण प्रस्ताव गरेका हुन् ।