राजनीति

विपी जयन्ती: तरुण दलद्वारा वीर/पाटन अस्पतालमा हजार/हजार थान माक्स/पीपीई/फेसशिल्ड वितरण

२४ भदौ, काठमाडौं। नेपाली काँग्रेसको भातृसंस्था नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष जितजंग बस्नेतले वीर र पाटन अस्पतालमा हजार हजार थान माक्स, पीपीई र फेसशिल्ड वितरण गरेका छन् ।
तरुण दलले कोभिड–१९ कोरोना भाईरसको जोखिम दिन प्रति दिन बढिरहँदा यो अवस्थामा पनि अग्रपंक्तिमा रहेर स्वास्थ्यकर्मीहरुले काम गरिरहनु भएको मा प्रशंसा गर्दै जनताको स्वास्थ्य रक्षाको लागि आफ्नो ज्यान जोखिममा राखेर सेवा प्रदान गरिरहनुभएका स्वास्थ्यकर्मीको सुरक्षालाई मध्य नजर गर्दै १०७ औं वी.पी. जयन्तीको अवसरमा बुधबार बिहान छुट्टाछुट्टै कार्यक्रमका बीच पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान (पाटन अस्पताल) लगनखेल अन्तर्गत हाडजोर्नी विभागमै गई (१००० थान मास्क, २० थान पी.पी.ई सेट र २० थान फेस शिल्ड) र वीर अस्पताल अन्तर्गत नाक, कान, घाटी विभागमै गई (१००० थान मास्क, २० थान पी.पी.ई सेट र २० थान फेस शिल्ड) नेपाल तरुण दल केन्द्रिय समितिद्वारा हस्तान्तरण गरिएको विज्ञप्तीमा जनाईएको छ ।
तलले विपी जयन्तीका अवशरमा सहयोग गर्न स्वास्थ्य सामाग्री उपलब्ध गराई सहयोग गर्ने नेपाली काँग्रेस काठमाडौँ क्षेत्र नं ३ का महासमिति सदस्य हरिबोल भण्डारी र मेन्ज फाउन्डेसनका अध्यक्ष मेन्ज खानलाई दलको केन्द्रिय समितिले धन्यबादसमेत दिएको छ ।