राजनीति

विपी जयन्तीमा धनराजको प्रस्तावः सामन्तवादको अन्त्य आफु भित्रैबाट गरौं

२४ भदौ, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रिय सदस्य धनराज गुरुङले जननायक बिपी कोईरालाको १ सय ७ औं जन्मजयन्तीको अवसरमा केहि प्रस्ताव गरेका छन् । नेता गुरुङले सामन्तवादको अन्त आफु भित्रै बाट गर्न प्रस्ताव गरेका छन् ।

जन्मजयन्तीको अवसरमा एक ट्वीट गर्दै नेता गुरुङले सामन्ती संस्कारको आहालमा उभिएर विपीको समाजवादको बारेमा घण्टौं ब्याख्या/बिश्लेषण/ भाषण गर्नुको कुनै औचित्य नहुने भन्दै समाजवादलाई ब्यबहारमा उतार्नुपर्नेमा जोड दिएक छन् ।

सामन्तवादको अन्त आफु भित्रैबाट गर्नुपर्ने प्रस्ताव गर्दै उनले विपी प्रति हार्दिक श्रद्धा सुमन व्यक्त गरेका छन् ।

उनको ट्वीटः जननायक विपी कोइरालाको १०७ औं जन्म दिवशस् सामन्ती संस्कारको आहालमा उभिएर विपीको समाजवादको बारेमा घण्टौं ब्याख्यारबिश्लेषणरभाषण गर्नुको कुनै औचित्य हुँदैन। समाजवादलाई ब्यबहारमा उतारौं । सामन्तवादको अन्त आफु भित्रैबाट गरौं । विपी प्रति हार्दिक श्रद्धा सुमन । जय नेपाल ।