अन्तर्राष्ट्रिय

रहेनन् तेलगुका अभिनेता जयप्रकाश रेड्डीः ७४ वर्षीयको उमेरमा निधन

२३ भदौ, एजेन्सी । तेलगुका अभिनेता जयप्रकाश रेड्डीको निधन भएको छ । ७४ वर्षीय रेड्डीको मंगलबार हर्टअट्याक भएपछि आन्ध्र प्रदेशको गुन्टूरमा रहेको आफ्नै निवासमा निधन भएको हो ।

रेड्डी हाँस्यका साथै खलनायकको भूमिकाबाट चर्चित छन् । उनले पहिलोपटक सन १९८८ मा ब्रह्मा पुत्रुडु नाम चलचित्रमा अभिनय गरेका थिए ।

उनले चित्रम भालारे विचित्राम, जाम्बा लाकिडी पम्बा, प्रेमेन्चुकुण्डम रा, समरसिंहा रेड्डी, अवुनू वल्लीदरु इस्त पाद्दारु, पल्लति ब्राह्मणयुदु, अमर अकबर एन्थोनी, नेला टिकट, जम्बा लाकिडी पम्बा नामका धेरै चलचित्रहरूमा अभिनय गरेका छन् ।