साहित्य

नयाँ बनाउ बाटो

-देवराज कार्की                             -कविता

बाटो बनाउन हिडेको सावेल र गैती
छिनो र हथौड़ा पनि साथ लिएर
हिंस्रक बाघ र भालुहरु छेकारो मार्दै
मुटु कलेजो झिकेर खान स्वादले गर्धनमा
तिखा दात गाडेर मनुष्यको तातो रगत
घटघटी पिउन हतारिदै छन् ।

गिद्धहरु मरेको सिनो लुछ्न पाइने आसामा
आग्लो सिमलको बडेमा रुखको हागामा
चुच्चो तिखार्दै रमिता हेर्दैछ्न् भुइ तिर
ज्यामिहरु गन्तव्य पुग्न नपाउदै हुडार संग
नश्लको लडाइ गरेर निमुखाहरु शिकार भए
आलो मासुको गन्ध फैलियो हावामा ।

ढुङ्गा चट्टानको लमतन्न छाती बनाएर सुतेको
तारेभिर गुयलि र ठोट्नेको झ्याङ्ग नेर
काफल र कटुसको रुख संगै ठिङ्ग उभिएका छन्
कोइले त्यही बसेर गित गाउछ बिरहको
झ्याउकिरी र किनकिने पनि एक तमास
धुनहरु फैल्याइ रहन्छन् ति जंगलमा ठोकिर
प्रतिध्वनीत हुन्छन् बटुवाको कान सम्म पर।

तल अरुण नदि छङ्छङ गर्दै गित गाउँदै
समुन्द्र भेट्न हतारिदै कुदेको हेरेर पारी भित्ताको
ड्याङ्ग्रे सल्ला सुसाउदै साथ दिदैछ अनुकरणीय
मेलापात हिडेकाहरु पिपलको पात ओठले चेपेर
धुन पस्किदै उकाली लागेको हेर्दै मयुर पनि
पंख फैजाइ नाच्दैछ्न् लहरै घासे मैदानमा।

प्रकृति अन्धकार हो उज्यालो बिहान हास्छ सधैं
हेपिएर थिचिएर बाच्न गाह्रो हुदा हिड्छ बसै
त्यही निसाचर मात्रै जिउन खोज्ने साम्राज्यको
चिता जलाउन हिडेको बाटो खन्ने झन्डै बिचलित
बल्ल चेतना उठ्दैछ भ्रम छर्ने देखेर अहिले
आगो ओकल्ने बिचार आउँछ बाटो बनाउछन्
कहाँ सधै शिकार हुने दुष्टको अब झम्पल लिएर हिँड
ठोक्नु छ चट्टानको छातिमा पिक हास्छ हिमाल ।