मनोरञ्जन

कोभिड–१९ मा आधारित ‘ढोका’ फिल्म सार्वजनिक

२२ भदौ, काठमाडौँ । विश्वमै महामारीको रुपमा फैलिएको कोभिड–१९ का कारण मानिसमा परेको मनोसामाजिक समस्यालाई समेटिएको ‘ढोका’ नामक फिल्म सार्वजनिक भएको छ । निर्देशक दिवश धितालको लेखन तथा निर्देशन रहेको सो फिल्म बन्डेड लायन प्रोडक्सनको अफिसियल युटुब च्यानलबाट आज सार्वजनिक भएको हो ।

निर्देशक धितालले आम मानिसलाई कोरानाको कारण परेको मानसिक तनावलाई फिल्ममार्फत उतारिएको जानकारी दिए। फिल्मको छायाङ्कन तथा सम्पादन बरुण कोइरालाले गरेका छन् । ‘ढोका’ लाई निर्माता राजाराम गौतमले निर्माण गरेका हुन् । फिल्ममा कलाकार आकाश शर्मा, विशाल बस्याल, नवराज अर्याल, अमृत बस्याल र नवराज भण्डारीको अभिनय रहेको छ ।