साहित्य

किन बोल्दैन सिंहदरबार ?

                           -सुवास जोशी                                                              -कविता

गाउँ रोयो, सहर रोयो….
मजदुर रोयो, किसान रोयो….!
सिंगो देश रुदापनि किन बोल्दैन सिंहदरबार,

बाढी आयो पहिरो आयो……. 
मानिस, घरखेत, चौपाया लग्यो……..!
जनताले सर्वस्व गुमाउँदापनि किन बोल्दैन सिंहदरबार,

कोरोनाको कहर छ जताततै………
ब्यापार व्यावसाय सबै बन्द छ……
गर्नलाई काम छैन, खानलाई माम छैन…..!
जनता भोकभोकै सडकमा आउदापनी किन बोल्दैन सिंहदरबार ,

स्कुल–कलेज बन्द छ….
लाखौं विद्यार्थी बिचल्लीमा छन ..!
अन्लाईन कक्षाको नाममा चर्को शुल्क लिदापनि किन बोल्दैन सिंहदरबार ,

दिनहुँ जस्तो दूतावास धाउछ
स्वदेश फर्किन एउटा नागरिक…!
बिदेशमा नेपाली अलपत्र पर्दापनि किन बोल्दैन सिंहदरबार ,

महंगी कालोबजारी ..
सुदखोर अपहरणकारी …
भ्रष्टाचारमै तल्लीन छ बालुवाटार ……..!
काण्डै काण्डमा मुछिन्छन कर्मचारी, सांसद र मन्त्री
अझै पनि किन बोल्दैन सिंहदरबार …….