मनोरञ्जन

‘जानी नजानी’ बाट डेब्यू गरेकी निरिषा बस्नेत तीन वर्षपछि भारतीय सिरियल

२२ भदौ, काठमाडौं । नेपाली चलचित्र ‘जानी नजानी’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी निरिषा बस्नेतले तीन वर्षपछि भारतीय सिरियलमा कमब्याक गरेकी छन् ।

उनको केमियो भूमिका रहेको सिरियल ‘तेनाली रामा’ को बिहीवार प्रोमो सार्वजनिक भएको छ । जसमा निरिषाको चरित्रचित्रण गरिएको छ ।

प्रोमोमा भिन्न गेटअपमा देखिएकी उनी यो सिरियलमा चिनियाँ युवतीको भूमिकामा प्रस्तुत छिन् । सिरियलको प्रोमोमा उनलाई चिनियाँ मौलिक पहिरनमा हिन्दी भाषामा संवाद बोल्दै गरेको देख्न सकिन्छ ।

सोमवार र शुक्रवार ‘सोनी सब’ बाट प्रशारण हुँदै आएको सिरियललाई अभिमन्यू सिंहको प्रोडक्सन हाउसले निर्माण गरेको हो । निरिषाले यसअघि हिन्दी सिरियल ‘चन्द्र नन्दिनी’ मा पनि काम गरेकी थिइन् । यसमा उनको मुख्य भूमिका थियो ।

यसपछि उनले नेपाल आएर चलचित्र ‘जानी नजानी’ मा काम गरेकी थिइन् । अहिले भारतको मुम्बईमा बस्दै आएकी बस्नेतले लकडाउनअघि एक साउथ फिल्म साइन गरेकी उनी बलिउड प्रवेशका लागि पनि प्रयास गर्दैछिन् ।

 

https://youtu.be/wAO1KC5EtAg