सामाजिक सञ्जाल

लकडाउनले आर्थिक संकटमा परेकालाई तत्काल राहतको व्यवस्था गर सरकारः नेता केसी

२२ भदौ, काठमाडौं । पूर्वमन्त्री एवम् नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले लकडाउनका कारण आर्थिक संकटमा परेकाहरुलाई राहतको व्यवस्था गर्न सरकारलाई आग्रह गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीट माफर्त नेता केसीले मुलुकमा जारी लकडाउनका कारण दैनिक श्रम गरेर खानु पर्नेहरू भोकैं मर्नु परेको दर्दनाक स्थिति र लकडाउन सँगै आउने आर्थिक, सामाजिक र अन्य असरबाट पीडितहरुलाई राहतको व्यवस्था गर्न माग गरेका हुन् ।

मुलुकमा पटक–पटकको निरन्तरको लकडाउनको बाबजुत कोरोना नियन्त्रणमा नआएको र फेरी थप्ने चर्चा चलेको भन्दै यस्तो आग्रह गरेका हुन् । कोरोना नियन्त्रणका लागि भनेर मुलुकमा गत चैत्र महिनादेखि लकडाउ गरिएको थियो ।

त्यसपश्चात लकडाउन खुकुलो भएको केहि समयमै फेरी निषेधाज्ञा सुरु गरिएको छ । यता काठमाडौं उपत्यकामा पनि निषेधाज्ञा जारी रहेको र उक्त निषेधाज्ञालाई दसैंसम्म निरन्तरता दिने कुरा चलिरहेका बेला नेता केसीको यस्तो भनाई आएको हो ।

उनको ट्वीटः लकडाउनः निषेधाज्ञाको निरन्तरता बाबजुद संक्रमित ४६२५७ र मृत्यु २८९पुग्यो । ७३ सुत्केरीको मृत्यु भएको छ । पुनःदसैं सम्म लम्ब्याउने चर्चा छ । दैनिक श्रम गरेर खानु पर्नेहरू भोकैं मर्नु परेको दर्दनाक स्थिति र लकडाउन सँगै आउने आर्थिक,सामाजिक र अन्य असरबाट पीडितहरुलाई राज्य राहत को व्यवस्था गर ।