राजनीति

जनता भोकभोकै मर्दा राष्ट्रपति/सांसददेखी सबै सरकारी कर्मचारीको तलबभत्ता पनि रोकौंः डा भट्टराई

२१ भदौ, काठमाडौं । समाजबादी जनता दलका नेता डा बाबुराम भट्टराईले आम जनताको जीवनमरणको यो गम्भीर अवस्था नबुझ्नेहरूको घैंटोमा घाम लगाउन राज्यकोषबाट तलब खाने राष्ट्रपति/प्रधानमन्त्री/ मन्त्री/ न्यायाधीश/सांसद/कर्मचारी/शिक्षकलगायत सबैको तलबभत्ता पनि रोक्ने हो कि? भन्दै प्रश्न गरेका छन् । डा भट्टराईले जनता भोकभोकै मर्दा राज्यकोषबाट तलब लिने सबैको तलब भत्ता रोक्ने होकि भन्दै उक्त रोक्नुपर्ने विचार व्यक्त गरेका हुन् ।
डा भट्टराईले ट्वीट गर्दै पचासौं लाख अनौपचारिक क्षेत्रमा काम गर्ने र स्वरोजगार श्रमिक तथा गरीबीको रेखा मुनी रहेका परिवारको दैनिक गुजाराको वैकल्पिक व्यवस्था नगरी सरकारले अनन्तकालसम्म लकडाउन/कर्फ्यू लगाउँदै जानु कति उपयुक्त होरु कोरोनाबाट बचे पनि भोकले मर्ने स्थिति आउनु कति डरलाग्दो कुरा हो? भन्ने आक्रोश पोखेका छन् ।
पुर्ब प्रधानमन्त्रीसमेत रहेका डा भट्टराईले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै सरकारले कि वेरोजगार र विपन्न जनतालाई तुरून्तै स्थानीय तह मार्फत नगदरजिन्सी राहतको व्यवस्था गर्नुपर्यो नत्र सुरक्षाका न्यूनतम मापदण्ड कायम गर्दै आ-आफ्ना व्यवसाय सन्चालन गर्न देओस् भन्ने माग गरेका छन् ।

डा भट्टराईको स्टाटस्ः पचासौं लाख अनौपचारिक क्षेत्रमा काम गर्ने र स्वरोजगार श्रमिक तथा गरीबीको रेखा मुनी रहेका परिवारको दैनिक गुजाराको वैकल्पिक व्यवस्था नगरी सरकारले अनन्तकालसम्म लकडाउन/कर्फ्यू लगाउँदै जानु कति उपयुक्त हो? कोरोनाबाट बचे पनि भोकले मर्ने स्थिति आउनु कति डरलाग्दो कुरा हो?
सरकारले कि यी वेरोजगार र विपन्न जनतालाई तुरून्तै स्थानीय तह मार्फत नगद/जिन्सी राहतको व्यवस्था गर्नुपर्यो नत्र सुरक्षाका न्यूनतम मापदण्ड कायम गर्दै आआफ्ना व्यवसाय सन्चालन गर्न दिनुपर्यो!
आम जनताको जीवनमरणको यो गम्भीर अवस्था नबुझ्नेहरूको घैंटोमा घाम लगाउन राज्यकोषबाट तलब खाने राष्ट्रपति/प्रधानमन्त्री/ मन्त्री/ न्यायाधीश/सांसद/कर्मचारी/शिक्षक लगायत सबैको तल-बभत्ता पनि रोक्ने हो कि?