सामाजिक सञ्जाल

धनराजको आक्रोशः फुडबैंक संचालन गरेबापत सरकारलाई कमिसन बुझाइएन भनेर रोकेको हो? अब त हदै भयो

२० भदौ, काठमाडौं। नेपाली काँग्रेसका केन्द्रीय सदस्य धनराज गुरुगंले भोका जनताका लागि सरकार आफैंले त केहि गरेन तर अरुले गरेको मानवीय कार्यमा किन रोक लगाउने ? भन्दै आक्रोश पोखेका छन् । नेता गुरुगंले ललितपुर चापागाउँमा तरुण दल द्वारा संचालित फुड बैंकमा सरकारले रोक लगाएछ भन्दै फुडबैंक संचालन गरेबापत सरकारलाई कमिसन बुझाइन भनेर हो? भन्ने कडा प्रश्न तेस्र्याएका छन् । केहीदिन अगाडी नेपाली काँग्रेसको भातृसंस्था नेपाल तरुण दल ललितपुर क्षेत्र नम्बर १ को आयोजनामा झण्डै दुई हप्ता संचालनमा रहेको फुड बैंक कार्यक्रम प्रशासनले रोकेकोमा नेता गुरुगंले आक्रोश पोख्दै हदै भयो भनेका छन् ।
नेता गुरुगंको स्टाटस्ः ललितपुर चापागाउँमा तरुण दल द्वारा संचारहेकोलित फुड बैंकमा सरकारले रोक लगाएछ। हेल्लो जनमारा सरकार ! भोका जनताका लागि सरकार आफैंले त केहि गरेन तर अरुले गरेको मानवीय कार्यमा किन रोक लगाउने ? फुडबैंक संचालन गरेबापत सरकारलाई कमिसन बुझाइन भनेर हो? हदै भयो।