राजनीति

कम्युनिस्टले मैले ल्याएको नारा परिमार्जित गरि ‘आफ्नो गाउॅ आफैं बनाउ अभियान’ चलाएः नेता पौडेल

२० भदौ, काठमाडौं । नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले आफू सत्तामा रहॅदा रहँदै मन्त्री, सभामुख र उपप्रधानमन्त्री हुँदा गरेका केही महत्वपूर्ण कामहरू गरेको बताएका छन् । उनले कम्युनिस्टको सरकारले आफ्नो गाउॅ आँफै बनाउ अभियानले चिनाएको थियो भन्ने कुरासमेत उनले दाबी गरेका छन् । तत्कालीन एमालेको ९ महिने सरकारका पालामा कमाएको ईज्जत नै आफ्नै गाउँ आफैं बनाऔं भन्ने रहेको कार्यक्रम बरिष्ठ नेता पौडेलको अभियानबाट भएको दाबी गरिएको छ । पौडेलको सचिवालयले १६ वटा उनको गरेका यस्ता कामको विवरण दिएको छ ।
१. स्थानिय बिकास मन्त्री हुँदा काठमाण्डौंको बागमती, बिष्णुमती, शेसमती लगायतका खोलारनदि किनारामा दुवै तर्फ बाटो खुलाउने काम भएको ।
२. स्थानिय बिकास मन्त्री हुँदा २०४८ सालमा ८ महिना भित्र स्थानिय निर्वाचन सम्पन्न भएको।
३.ग्रामीण स्वाबलम्बन कार्यक्रम २०४९र५० उहाँकै नेतृत्वमा सुरु भएको हो । त्यही उपलब्धीलाई कम्युनिस्टको सरकारले आफ्नो गाउॅ आँफै बनाउ अभियानले चिनाएको थियो ।
४. २०४९ मा शैलजा आचार्यले राजीनामा दिएपछि कृषि मन्त्री भएर कृषि सामाग्री सस्थान र् दुग्ध बिकास सस्थानलाई आधुनिक बनाएर सेवामुलक सस्थान बनाएको ।
५.कामको लागि खाद्यान्न कार्यक्रम २०४९–५१ सन्चालन गरि देशैभरी २० हजार किलोमिटर नयाँ सडकरबाटो बनाएको ।
६. व्यावसायिक कृषि कार्यक्रम सन्चालन गरी बीस बर्से कृषि बिकास योजना तर्जुमा ।
७. संसदीय ब्यवस्था विफल गराउने गरि दर्ता भएको महाअभियोग प्रस्तावको सामना गरी बिफल पारेको ।
८.सभामुख हुँदा संसदिय प्रणाली जोगाउन महत्वपूर्ण भुमिका खेलेको ।
९.शशस्त्र प्रहरी बलको स्थापना गरेको, अहिले यो प्रहरी बल सिमा सुरक्षा र आपत बिपत लगायतका महत्त्वपूर्ण राष्ट्रिय सुरक्षार्थ खटिएका छन् ।
१०.२०५०–५१ सालमा तराईको सुख्खाग्रस्त क्षेत्रमव २२ हजार मेट्रिक टन खाद्यन्न राहत बितरण गरेको ।
११.संसदिय दलको नेता हुँदा बिपक्षी दलको नेताको हैसियतमा प्रभाबकारी भूमिका खेलेको, जसको लाभ स्वरुप पार्टी २०७० को चुनाबमा पहिलो भएको ।
१२. पार्टीको नीति तथा प्रशिक्षण प्रतिस्ठानको प्रमुख हुँदा देशैभरी प्रशिक्षण लगायतका कार्यक्रम गरी कार्यकर्तालाई उर्जाशिल बनाएको ।
१३। ‘बिस्तारित् शान्ती सम्झौता’कार्यान्वयनमा सबै पार्टी सम्मीलित शान्ति समितीको संयोजक र पछि शान्ति मन्त्रीको भुमिकामा रही महत्त्वपूर्ण भूमिका खेलेको ।
१४.मधेश आन्दोलनलाई सम्बोधन गर्न २२ बुँदे सहमति पत्र तयार गरि सम्झौतामा महत्त्वपूर्ण भुमिका खेलेको।
१५. नेपालको संविधान निर्माणमा निर्णायक भुमिकामा रही समावेशी र लोकतान्त्रिक संविधान सुनिस्चित गर्ने कार्य गरेको ।
१६. पार्टीको शीर्षस्थ पदमा रही नीति निर्माण र सर्बदलिय बार्ता सम्बाद गर्न अहम् भूमिका खेलेको ।