राजनीति

राजेन्द्र लिङ्देनको प्रस्तावः अब प्रणाली फेरौं, राजा र प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था गरौं

१९ भदौ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री एबम् साँसद राजेन्द्र लिङ्देनले सार्बजनिक रुपमा भनेका छन्, ‘अब प्रणाली फेरौं प्रत्यक्ष निर्वाचित प्रम र संवैधानिक राजाको व्यवस्था गरौं ।’ उनले ट्वीट गर्दै बहुमत मात्र होइन झण्डै दुई तिहाई ल्याए पनि आफ्नैबाट सरकार ढल्ने डर हुनु, सरकार टिकाउनकै लागि चुनाव हारेकालाई संसदमा ल्याउनु र देखादेखि भ्रष्टाचारीलाई संरक्षण गर्नुपर्छ भने टुंगो भो प्रणालीले काम गरेन भन्दै अव राजा र प्रत्यक्ष निर्बाचित प्रधानमन्त्रीको व्यवस्था गर्नुपर्ने बिचार व्यक्त गरेका छन् । आज नेकपा उपाध्यक्ष बाामदेव गौतमलाई राष्ट्रिय सभामा लाँदै मन्त्री बनाउनेसम्मको योजना भएपछि नेकपा नेतृत्व र पछिल्लो गणतन्त्रले नै समस्या भएको संकेत गर्दै लिङ्देनले राजा राख्ने प्रस्ताव गरेका हुन् ।
लिङ्देनको ट्वीटः बहुमत मात्र होइन झण्डै दुई तिहाई ल्याए पनि आफ्नैबाट सरकार ढल्ने डर हुनु, सरकार टिकाउनकै लागि चुनाव हारेकालाई संसदमा ल्याउनु र देखादेखि भ्रष्टाचारीलाई संरक्षण गर्नुपर्छ भने टुंगो भो प्रणालीले काम गरेन ।
अब प्रणाली फेरौं प्रत्यक्ष निर्वाचित प्रम र संवैधानिक राजाको व्यवस्था गरौं!