सामाजिक सञ्जाल

किशोर नेपालको टिप्पणीः कम्युनिष्टहरू दुइठाउँबाट हारेका नेता बिना चल्नै सक्दैनन्

१९ भदौ, काठमाडौं । बरिष्ठ पत्रकार किशोर नेपालले कम्युनिष्टहरू दुइठाउँबाट हारेको नेता बिना चल्दैनन् भन्ने व्यंग्य गरेका छन् । नेपालले अघिल्लो पटक अध्यक्ष दाहालले दुइठाउँबाट हारेका माधव नेपाललाई संसदमा भित्र्याए । यसको पछिल्लो कडी भएका छन् वामदेव गौतम भन्दै दृष्टान्तसमेत दिएका छन् । उनले भनेका छन्, ‘राजनीतिमा अननुमेय चरित्रका यी नेताले दाहाल र प्रधानमन्त्री आलीमध्ये कसलाई चूना लगाउने हुन ? तमासा अब शुरू हुनेछ ।’
यसभन्दा अगाडी रौतहट र काठमाडौंबााट निर्बाचन हारेका माधव कुमार नेपाललाई तत्कालीन माओबादी अध्यक्ष पुष्पकमल दहालको पहलमा साँसद र पछि मन्त्री बनाईएको थियो भने अहिले नेकपा उपाध्यक्ष बामदेब गौतमलाई राष्ट्रिय सभाको सदस्य बनाउँदै उपप्रधान तथा अर्थमन्त्री बनाउने तयारी भईरहेको छ । यसै बिषयमा बरिष्ठ पत्रकार नेतालले कडा टिप्पणी गरेका हुन् ।

नेपालको ट्वीटः कम्युनिष्टहरू दुइठाउँबाट हारेको नेता बिना चल्दैनन । अघिल्लो पटक अध्यक्ष दाहालले दुइठाउँबाट हारेका माधव नेपाललाई संसदमा भित्र्याए । यसको पछिल्लो कडी भएकाछन् वामदेव गौतम । राजनीतिमा अननुमेय चरित्रका यी नेताले दाहाल र प्रधानमन्त्री आलीमध्ये कसलाई चूना लगाउने हुन ? तमासा अब शुरू हुनेछ ।