सामाजिक सञ्जाल

डा आचार्यको आह्वानः देशलाई अर्थतन्त्र/ब्यवस्था नै विदेशी ॠणमा चलाउने खतरनाक षढ्यन्त्रबाट निकालौं

१८ भदौ, काठमाडौं । संबिधानबिद डा भिमार्जुन आचार्यले देशको सम्पूर्ण अर्थतन्त्र र ब्यवस्था नै विदेशी ॠणमा चलाउने खतरनाक योजनाबाट मुलुकलाई बचाउन पहल गर्न तीन करोड नेपाली जनतालाई आह्वान गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै । एउटै ब्यक्ती दुई कार्यकाल संसद सदस्य हुने कसको स्वार्थमा पटक पटक असफल भैसकेको ब्यक्तिका लागि सरकारले गैह्र संवैधानिक कसरत गर्दैछ, बुझ्न नसकिएको बताएका छन् । डा आचार्यले संघीय संसद् अर्थात् प्रतिनिधि सभा वा राष्ट्रिय सभाको एक कार्यकालमा एउटै ब्यक्ति दुई पटक संसद् सदस्य हुन पाउने व्यवस्था संविधानले कहीँकतै गरेको छैन भन्ने दाबीसमेत गरेका छन् । अर्थमन्त्री डा युवराज खतिवडालाई राष्ट्रियसभामा मनोनि गरिएको बिषयल गायतसँग जोडेर उनले संबिधानमा नभएको व्यवस्था भएको भन्दै चासो राखेका हुन् ।
डा आचार्यको स्टाटस्ः संघीय संसद् अर्थात् प्रतिनिधि सभा वा राष्ट्रिय सभाको एक कार्यकालमा एउटै ब्यक्ति दुई पटक संसद् सदस्य हुन पाउने व्यवस्था संविधानले कहीँकतै गरेको छैन । यो संसदीय अभ्यास पनि होइन । कसको स्वार्थमा पटक पटक असफल भैसकेको ब्यक्तिका लागि सरकारले गैह्र संवैधानिक कसरत गर्दैछ, बुझ्न सकिएन । देशको सम्पूर्ण अर्थतन्त्र र ब्यवस्था नै विदेशी ॠणमा चलाउने खतरनाक योजनाबाट मुलुकलाई बचाउन पहल गरौ ।