सामाजिक सञ्जाल

पद नपाउला तर ‘त्याग’ले नेतालाई कहिल्यै होचो बनाउँदैनः नेता गुरुगं

१७ भदौ, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एबम् युवा नेता धनराज गुरुगंले ‘जिम्मेवारी’ले नेतालाई होचोबाट अग्लो वा अग्लोबाट होचो बनाउन सक्छ तर‘त्याग’ले नेतालाई कहिल्यै होचो बनाउँदैन भन्ने ठोकुवा गरेका छन् । नेता गुरुगंले नेताले आबश्यकता बमोजिम‘त्याग’ गर्ने र ‘जिम्मेवारी’ लिने दुबै कुरालाई गम्भीरतापूर्वक ग्रहण गर्नुपर्ने विचार ब्यक्त गरेका छन् । उनले नेताहरुले त्याग गर्नुपर्ने विचार राख्दै पदमात्र मानिसको महत्वपुर्ण कुरा नभएको संकेत गरेका छन् । नेपाली काँग्रेसको आउँदै गरेको १४ औ महाधिवेशनमा पदका लागि नेताहरुको तत्छाडमछाडलाई समेत नेता गुरुगंले संकेत गरेका छन् ।
नेता गुरुगंको स्टाटस्ः नेताले आबश्यकता बमोजिम‘त्याग’ गर्ने र ‘जिम्मेवारी’ लिने दुबै कुरालाई गम्भीरतापूर्वक ग्रहण गर्नु पर्छ। ‘जिम्मेवारी’ले नेतालाई होचोबाट अग्लो वा अग्लोबाट होचो बनाउन सक्छ तर ‘त्याग’ले नेतालाई कहिल्यै होचो बनाउँदैन।