शिक्षा

साँसद/शिक्षक/कर्मचारीले आफ्ना छोराछोरी सरकारी स्कुल पढाउनैपर्छः डा भट्टराई

१६ भदौ, काठमाडौं । जनता समाजवादी पार्टीका नेता तथा पुर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले शिक्षामन्त्री गिरीराजमणी पोख्रेललाई विभिन्न सुझाव दिएका छन् ।

सामाजिक सञ्जाल ट्वीट माफर्त डा भट्टराईले शिक्षामन्त्री पोख्रेलले ले कुनै पदचिन्ह छोड्नेभए जनप्रतिनिधि/शिक्षक/कर्मचारीले आफ्ना सन्तानलाई अनिवार्य सरकारी विद्यालय बढाउने व्यवस्था गर्नुपर्ने  सुझाव दिएका हुन् ।

सामाजिक सञ्जाल ट्वीट माफर्त डा भट्टराईले शिक्षामन्त्रीसंग गिरिराजमणी पोख्रेललाई यस्तो आग्रह गरेका हुन् ।

उनले शिक्षमन्त्री पोख्रेललाई जमलमा राष्ट्रिय पुस्तकालय र देशैभर सार्वजनिक पुस्तकालयको संजाल बनाउन साथै विश्वविद्यालयमा भागबण्डा अन्त्य  गर्न पनि सुझाएका हुन् ।

उनको ट्वीटः शिक्षामन्त्री @girirajmanipok ले ले कुनै पदचिन्ह छोड्नेभए यसो गर्नोस्स् ! । जमलमा राष्ट्रिय पुस्तकालय र देशैभर सार्वजनिक पुस्तकालयको संजाल बनाउनोस. २ । जनप्रतिनिधि / शिक्षक /कर्मचारीले अनिवार्य रूपमा आफ्ना सन्तान सार्वजनिक विद्यालयमा पढाउनुपर्ने गर्नोस्स ३ । विश्वविद्यालयमा भागबण्डा अन्त्य गर्नोस !