अन्तर्राष्ट्रिय

भारतका पुर्व राष्ट्रपति प्रणव मुखर्जीको निधन

१५ भदौ, नयाँदिल्ली । भारतका पुर्व राष्ट्रपति प्रणव मुखर्जीको निधन भएको छ । पुर्व राष्ट्रपति मुखर्जीको ८४ बर्षको उमेरमा निधन भएको हो । छोरा अभिजित मुखर्जीले उनको निधनको पुष्टी गरेका छन् । मुखर्जी केही अगाडी देखि नै अस्पतालमा उपचाररत हुनुहुन्थ्यो । असक्त भएका उनको स्वास्थ्य अवस्था ज्यादै नाजुक भएको स्वास्थ्यकर्मीले बताएका थिए ।