सामाजिक सञ्जाल

राप्रपा एकतावारे आशंका र विवाद गर्नुपर्ने कुनै कारण छैनः अध्यक्ष थापा

१५ भदौ, काठमाडौं । राप्रपा अध्यक्ष कमल थापाले राप्रपा एकताको जानकारी निर्वाचन आयोगलाई दिई सकिएको हुँदा त्यसमा कुनै बिबाद नरहेको स्पष्ट गरेका छन् । अध्यक्ष थापाले चुनावचिन्ह सहमतिबाट टुंग्याईने बताउँदै पार्टी एकतावारे आशंका र विवाद गर्नुपर्ने कुनै कारण छैन भनेका छन् । ०७६ फागुन २४ गते राप्रपा र राप्रपा (संयुक्त)का बिच एकिकरण आधारपत्रमा त्रय अध्यक्षद्वारा हस्ताक्षर भै फागुन २९ गते औपचारिकरूपमा एकता घोषणा भैसकेको उनले जानकारी गराएका छन् ।
अध्यक्ष थापाको ट्वीटः ०७६ फागुन २४ गते राप्रपा र राप्रपा (संयुक्त)का बिच एकिकरण आधारपत्रमा त्रय अध्यक्षद्वारा हस्ताक्षर भै फागुन २९ गते औपचारिकरूपमा एकता घोषणा भैसकेको छ। त्यसको जानकारी निर्वाचन आयोगलाई दिई सकिएको छ। चुनावचिन्ह सहमतिबाट टुंग्याईने छ। पार्टी एकतावारे आशंका र विवाद गर्नुपर्ने कुनै कारण छैन ।