पु.समाचार

काठमाडौं उपत्यकामा २९८सहित ८९९मा कोरोना स्रक्रमण पुष्टी

१५ भदौ, काठमाडौं आज ८९९ मा कोरोना संक्रमण प्रमाणित भएको छ । काठमाडौ उपत्यकामा २९८ सहित उक्त संक्रमण भेटिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आजको मन्त्रालयद्वारा आयोजित नियमीत प्रेश ब्रिफिंगमा जानकारी दिएका छन् । आजबाट नेपालभर ३९ हजार ४६० जना संक्रमितहरु भएक छन् । आज ११ हजार ४९० जनामा परीक्षण गरिएको थियो । देशभरमा आज कोभिड–१९ सक्रिय सङ्क्रमितको सङ्ख्या आइतबारभन्दा तीन सय चार बढेको छ । आज देशभरमा ८९९ जना सङ्क्रमित थपिँदा ५८८ सङ्क्रमणमुक्त भएकाले सक्रिय सङ्क्रमितको सङ्ख्या केही बढेको हो ।
काठमाडौँ उपत्यकामा २९८ सहित देशभरमा ८९९ नयाँ सङ्क्रमित थपिएका छन् । आज थपिएका सङ्क्रमितमध्ये ५९६ पुरुष र ३०३ महिला रहेका छन् । योसँगै देशभरमा अहिलेसम्म सङ्क्रमितको सङ्ख्या ३९ हजार ४६० पुगेको छ । उपत्यकामा थपिएका सङ्क्रमितमध्ये काठमाडौँमा १९०, ललितपुरमा ६७ र भक्तपुरका ४१ रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताउनुभयो । पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरी ११ हजार १२९ नमूना परीक्षण भएको थियो । हालसम्म छ लाख ९३ हजार ४७२ नमूना परीक्षण भइसकेको छ ।
देशभरमा पछिल्लो २४ घण्टामा ५८८ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको सङ्ख्या २१ हजार ४१० रहेको छ । यो जम्मा सङ्क्रमितमध्ये ५४ प्रतिशत हो । देशभरमा क्वारेन्टिनमा रहनेको सङ्ख्या सात हजार ३३७ रहेको छ । देशभर जम्मा १७ हजार ८२२ सक्रिय सङ्क्रमितमध्ये १० हजार ७०१ संस्थागत आइसोलेशन र सात हजार १२१ होम आइसोलेशनमा छन् ।
प्रदेशअनुसार, संस्थागत आइसोलेशनमा सक्रिय सङ्क्रमित प्रदेश १ मा एक हजार २८७, प्रदेश २ मा दुई हजार ६२, वाग्मती प्रदेशमा चार हजार ४०८, गण्डकी प्रदेशमा ५३०, प्रदेश ५ मा एक हजार १७३, कर्णाली प्रदेशमा ३९६ र सुदूरपश्चिम प्रदेशमा ८४५ छन् । होम आइसोलेशनमा प्रदेश १ मा ५१०, प्रदेश २ मा चार हजार ५५, वाग्मती प्रदेशमा दुई हजार ४२, प्रदेश ४ मा १८, प्रदेश ५ मा ३५६, कर्णाली प्रदेशमा २० र सुदूरपश्चिम प्रदेशमा १२० छन् ।
देशभरमा गरी १३२ सङ्क्रमित सघन उपचार कक्षमा रहेका छन् । प्रदेश १ मा चार, प्रदेश २ मा ३८, वाग्मती प्रदेशमा ७०, गण्डकी प्रदेशमा तीन र प्रदेश ५ मा १७ जना सघन उपचार कक्षमा रहेका छन् । प्रदेश १ मा एक, वाग्मती प्रदेशमा १३ र प्रदेश ५ मा दुई गरी १६ सङ्क्रमित भेण्टिलेटरमा रहेका छन् ।
पछिल्लो २४ घण्टामा देशरभका ४६ जिल्लामा नयाँ सङ्क्रमित भेटिएका छन् । प्रदेश १ मा ओखलढुङ्गा एक, खोटाङमा एक, झापा पाँच, मोरङ १९, सङ्खुवासभा नौ र सुनसरी ५३ रहेका छन् छ । प्रदेश २ मा धनुषामा ३१, पर्सा ३४, बारा २३, महोत्तरी छ,, रौतहट एक, सप्तरी २२, सर्लाही १०३ र सिराहा पाँच छन् । त्यस्तै, वाग्मती प्रदेशमा काठमाडौँमा १९०, ललितपुर ६७, भक्तपुर ४१, काभ्रेपलाञ्चोक १३, चितवन ७१, दोलखा दुई, धादिङ एक, मकवानपुर ४२, रामेछाप दुई, सिन्धुपाल्चोक एक र सिन्धुली तीन सङ्क्रमित पुष्टि भएको छ ।
प्रदेश ४ मा कास्की तीन, गोरखा १३, नवलपरासीपूर्व चार, लमजुङ दुई, तनहुँ २६ र वाग्लुङमा चार सङ्क्रमित फेला परेका छन् । प्रदेश ५ मा अर्घाखाँचीमा दुई, कपिलवस्तु एक, नवलपरासी तीन, पाल्पा एक, बर्दिया दुई, बाँके १४ र रुपन्देही ११ सङ्क्रमित फेला परेका छन् । कर्णाली प्रदेशमा जुम्लामा एक र सुर्खेतमा ३८ फेला परेका छन् भने सुदूरपश्चिममा अछाम २३, कञ्चनपुरमा सात, कैलाली १६, डोटी एक, बझाङ एक र बैतडी दुई सङ्क्रमित फेला परेका छन् ।
आजसम्म देशभरका ७७ जिल्लामध्ये १२ जिल्लामा सङ्क्रमित ५०० बढी छन् भने दुई जिल्लामा शून्य रहेको छ । ५०० भन्दा बढी सङ्क्रमित रहेका जिल्लाहरुमा मोरङ, सुनसरी, पर्सा, बारा, रौतहट, सर्लाही, महोतरी, धनुषा, चितवान, ललितपुर, काठमाडौँ र रुपन्देही रहेका छन् । त्यस्तै, हाल सङ्क्रमितको सङ्ख्या शून्य रहेका जिल्लामा मुस्ताङ र हुम्ला रहेका छन् ।
देशभरमा सङ्क्रमितको सङ्ख्या बढीरहेकाले परिवारभित्र यसबाट बच्ने विधि र व्यवस्थापनका विषयमा छलफल गर्न खाँचो रहेको डा गौतमको जोड छ । परिवारमा जो कोहीलाई सङ्क्रमण भएमा उसलाई कहाँ र कसरी अरुबाट छुट्टै राख्ने भनी पूर्वतयारी गर्नुपर्ने उनले बताए । उनले भने, “सरकारको मात्रै स्रोत र साधनले नपुग्न सक्छ, त्यसैले पहिले नै परिवार र समुदायले योजना बनाउनुपर्छ ।”
थप सात जनाको मृत्यु
पछिल्लो २४ घण्टामा कोभिडका कारण थप सात जनाको मृत्यु भएसँगै देशभरमा सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या २२८ पुगेको छ । पछिल्लो विवरणअनुसार, मृत्यु हुनेमा तीन महिला र चार पुरुष छन् । मृत्यु हुनेमा महोतरीकी चार वर्षीय बालिका, गोरखाकी ६२ र रुपन्देहीकी ६८ वर्षीया महिला छन् । त्यस्तै, पुरुषमा झापाका ८६ वर्षीय, रौतहटका ४० वर्षीय, चितवनका ७८ वर्षीय र भक्तपुरका ७७ वर्षका छन् ।