राजनीति

राजनीति गर्ने जो भएपनि राष्ट्रियताका बिषयमा बाल्दैन भने त्यो विदेशी दलाल होः नेता गुरुगं

१४ भदौ, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा युवा नेता धनराज गुरुगंले राष्ट्रियताको सन्दर्भमा बोली नफुट्नेहरु जुनसुकै पार्टीको भए पनि तिनीहरु नेताको रुपमा देखिए पनि सारमा बिदेशी दलाल हुन् भन्ने दाबी गरेका छन् । उनले राजनीतिमा राष्ट्रियता प्रधान हुने भन्दै उनी थप्छन्, ‘कहिलेकाही नेपाली राजनीति दलालहरुको सट्टे बजार जस्तो लाग्छ। जहाँ दलालहरुले सट्टेबाजी लगाइरहेका हुन्छन्। देशभक्तहरु दर्शक!’
धनराजको स्टाटस्ः राजनीतिमा राष्ट्रियता प्रधान हुन्छ। राष्ट्रियताको सन्दर्भमा बोली नफुट्नेहरु जुनसुकै पार्टीको भए पनि तिनीहरु नेताको रुपमा देखिए पनि सारमा बिदेशी दलाल हुन्। कहिलेकाही नेपाली राजनीति दलालहरुको सट्टे बजार जस्तो लाग्छ। जहाँ दलालहरुले सट्टेबाजी लगाइरहेका हुन्छन्। देशभक्तहरु दर्शक!