राजनीति

गगनको कडा प्रश्नः डा. केसीलाई अपराधीको जस्तो व्यवहार गर्दा अलिकति डर लाग्नु पर्ने होइन र ?

१३ भदौ, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एबम् युवा नेता गगन कुमार थापाले ग्रामीण इलाकामा स्वयंसेवा गरिरहेका डा. गोविन्द केसीलाई अपराधीको जस्तो व्यवहार गर्दा प्रधानमन्त्रीज्यूलाई लोकले के भन्लान् भनेर डर लाग्नु पर्ने होइन र ? भन्दै नेकपा नेतृत्वको केपी शर्मा ओली सरकारमाथी कडा प्रश्न गरेका छन् । नेता थापाले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै जुन जननिर्वाचित सरकार प्रमुखको मनमा नागरिकसंग डर हुँदैन उनको हातमा नागरिक शासन सुरक्षित होला भन्नेमा भर पर्नु हुँदैन भनेका छन् । पछिल्लो समयमा डा गोबिन्द केसीप्रति नेकपा सरकारले गरेको अभद्र व्यवहारको सर्बत्र आलोचना हुन लालेको छ ।
नेता थापाको स्टाटस्ः ग्रामीण इलाकामा स्वयंसेवा गरिरहेका डा. गोविन्द केसीलाई अपराधीको जस्तो व्यवहार गर्दा प्रधानमन्त्रीज्यूलाई लोकले के भन्लान् भनेर डर लाग्नु पर्ने होइन र ?
जुन जननिर्वाचित सरकार प्रमुखको मनमा नागरिकसंग डर हुँदैन उनको हातमा नागरिक शासन सुरक्षित होला भन्नेमा भर पर्नु हुँदैन।