राजनीति

डा भट्टराईको प्रश्नः ओली सरकार आफ्नै छायाँदेखि किन तर्सदै छ ?

१२ भदौ, काठमाडौं । पुर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता डा बाबुराम भट्टराईले सत्याग्रही चिकित्सक प्रा.डा गोबिन्द केसीमाथि जुम्लामा प्रहरीद्वारा भएको दुव्र्यबहार आपत्ति जनाएका छन् ।
डा भट्टराईले ओली सरकार आफ्नै छाँयाँदेखी तर्सिएको टिप्पणी गरेका छन् ।

समाजिक सञ्जाल ट्वीट माफर्त डा भट्टराईले सत्याग्रहीको माग पूरा गर्ने नगर्ने सरकारको इच्छाको कुरा भएको तर सत्याग्रहमा बस्नै दिन्न भनेर बलप्रयोग गर्नु कुन ग्रहको लोकतन्त्र वा साम्यवाद हो भन्दै कडा प्रश्न गरेका छन् ।

जुम्लामा डा केसी अनसन बस्नलाग्दा प्रहरीले बल प्रयोग गरेको समाचारको यतिबेला सामाजिक सञ्जालदेखी चारैतिर बिरोध भईरहेका बेला डा भट्टराईको यस्तो भनाई आएको हो । डा केसी जुम्लामा सत्याग्रहमा बस्दा नेपालको संविधान\कानूनको कुन धारा\दफा उल्लंघन हुन्छ ? भन्ने प्रश्न गर्दै ओली सरकार आफ्नै छायाँदेखि किन तर्सदै छ ? भनेका छन् ।

उनको ट्वीटः सत्याग्रहीको माग पूरा गर्ने नगर्ने सरकारको इच्छाको कुरा हो तर सत्याग्रहमा बस्नै दिन्न भनेर बलप्रयोग गर्नु कुन ग्रहको लोकतन्त्र वा साम्यवाद हो ? डा केसी जुम्लामा सत्याग्रहमा बस्दा नेपालको संविधान/कानूनको कुन धारा/दफा उल्लंघन हुन्छ ? ओली सरकार आफ्नै छायाँदेखि किन तर्सदैछ ? #SaveDemocracy