मनोरञ्जन

गायक नरेश रेग्मीको नयाँ गीत म सास बन्न पाए सार्वजनिक

१२ भदौ, काठमाडौं । गायक नरेश रेग्मीले नयाँ गीत म सास बन्न पाए सार्वजनिक गरेका छन् । जहाँ मोडल तथा नायक पुष्प खडका र एलिजा गौतम फिचर्ड छन् । जहाँ उनीहरुको क्यमेसट्री गज्ब्बको देखिएको छ । यी दुईको जोडी पहिलो पटक भिडियोमा देखिएको हो ।

गीतको म्युजिकलाई लिएर गाएक रेग्मी बिस्वस्त देखिन्छन् । उनि भन्छन हाम्रो प्रयासलाई दर्शक स्रोताहरुले रुचाउनुहुनेछ भन्ने आश राखेको छु । हाल अस्ट्रेलिया बस्दै आएका गायक रेग्मीले नेपाल रहदा थुप्रै म्युजिक भिडियोमा अभिनय समेत गरेका छन ।

रोमान्टिक शैलीको गीतमा शब्द संगीत भने बसन्त सापकोटाको सुन्न सकिन्छ । शिव बिकले निर्दशन गरेको भिडियोमा अर्जुन तिवारीको छायाँकन , मिलन बिस्वकर्माको सम्पादन ,सुरेश काफ्लेको ड्रोन ,पारु अधिकारीको ड्रेस समाबेस छ । गीतलाई एनआर क्रिएसनले बजारमा ल्याएको हो ।

गीतको भिडियोः