प्रदेश 1

तरुण दलका पुर्ब अध्यक्ष देवकोटा दुईवटै मृगौला फेल भएका कारण संकटमा, सहयोगका लागि अपील

११ भदौ, बराहक्षेत्र, सुनसरी । तरुण दलका पूर्ब सुनसरी जिल्ला अध्यक्ष दुर्गा देबकोटा दुईवटै मृर्गौला फेल भएर चक्रघट्टीस्थीत आफ्नै निवासमा रहेका छन् । नेबिसंघका जिल्ला सदस्य, पार्टीको गाँउ कमिटी सचिव, महाधिवेशन प्रतिनिधि, पार्टीको जिल्ला सदस्य लगायतका दर्जनौ पदमा रहेका काँग्रेसको संगठन बिस्तारमा लागेका उनी ०४६ साल ०६२ ६३ सालको आन्दोलनमा प्रहरी यातनासमेत भोगेका थिए । काँग्रेसको संगठनमा जिवन नै आहूति दिएका उनी अहिले दुईवटै मृर्गौला फेल भएर घरमा नै छन्। मृगौलाको ३ पटक डायलसिस गर्नुपरेका कारण आर्थिक अभावमा रुमलिएका उनलाई नोबेल अस्पताल बिराटनगरले अस्पताल चार्ज भने निःशुल्क गरेको भएपनि अन्य खर्चहरु असाध्यै महंगो भएको बताउँछन् । औषधि महंगो खरीद गर्नुपर्ने, महंगो सुई लगाउनुपर्ने, हप्ताको तीन पटक एम्बुलेन्समा ६० किलोमिटर धाउँनेलगायतका खर्च छन् । एकातिर परिवारलाई जिवन धान्न धौधौ भने अर्कोतिर बिरामी भएका कारण अत्यन्तै समस्यामा परेका छन् । कोरोना भाईरसको महामारीका कारण जहातहैं उपचार नहुने र उपचार हुने स्थानमा पनि खर्च धेरै हुने कारण अत्यन्तै समस्यामा परेका छन् । पाँच महिनादेखी नियमित डायलसिल गराईरहेका दुई छोरीका पीता उनलाई घरबास उठ्ने चिन्ता छ। श्रीमती गृहीणीमात्र भएका उनी सामान्य किसान परिवारका भएकाले आफ्नो उपचार खर्च धान्न नसक्ने अवस्थामा देखिन्छन् ।
पुर्व महाधिवेशन प्रतिनिधि देवकोटाले समाजसेवी, ब्यापारी तथा पार्टीका नेता कार्यकर्ताहरुसँग आर्थिक सहयोगका लागि अपील गरेका छन् । उनलाई सहयोग गर्न चाहनेले प्राईम बैंक साखा, चक्रघट्टी, सुनसरीको खाता नम्बरः ०४५००१३६१ ‘Y’, श्रीमतीकविता देवकोटाको नाममा जम्मा गर्न सक्नुहुनेछ । थप बुझ्न चाहनेले ९८०७३६७५८५(सुनसरी), ९८५१०२७२८३(काठमाडौं) मा सम्पर्क गर्न सक्नुहुनेछ ।