साहित्य

राष्ट्रकवि घिमिरेको स्मृतिमा पुरस्कार स्थापना

११ भदौ, झापा । साहित्य चौतारी झापाले ‘राष्ट्रकवि माधवप्रसाद घिमिरे स्मृति सम्मान’ पुरस्कार स्थापना गरेको छ । चौतारीको आज बसेको बैठकले राष्ट्रकवि घिमिरेले नेपाली साहित्यका साथै साहित्य चौतारीको स्थापनाकालदेखि हालसम्म पु¥याएको योगदानको सम्मान गर्दै उक्त पुरस्कार स्थापना गरेको हो ।

सो सम्मानका लागि रु। एक लाख एघार हजार १११ राशीको अक्षयकोष स्थापना गरिएको चौतारीका संस्थापक अध्यक्ष तथा संरक्षक देवीभक्त श्रेष्ठले बताए । उनले अक्षयकोषको ब्याजबाट प्रत्येक वर्ष चौतारीको वार्षिकोत्सवको अवसर पारेर साहित्य क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउने व्यक्तिलाई ‘राष्ट्रकवि माधवप्रसाद घिमिरे स्मृति सम्मान’ बाट पुरस्कृत गरिने जानकारी दिए ।

चौतारीले स्व.घिमिरेलाई वि.सं. २०५९ मा अभिनन्दन गरेको थियो । स्थापनाकालदेखि हालसम्म संस्थालाई पु¥याएको योगदानको सम्मान गर्दै उहाँको १२ औं पुण्यतिथि यही भदौ १३ गते शनिबार श्रद्धाञ्जलि सभा गरिने संरक्षक श्रेष्ठले बताए ।