सामाजिक सञ्जाल

धनराजको प्रश्नः पुजारी हत्याको बिरोध गर्नेलाई रोक्नु तर राम मन्दीर बनाउने निर्देशन दिनु सुहाउँला र ?

११ भाद्र, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एबम् युवा नेता धनराज गुरुगंले राम मन्दिर बनाउन निर्देशन दिने तर हनुमान मन्दिरको पुजारी श्रीराम साहको हत्यारा पत्ता लगाउन नसक्ने सरकारले ‘पुजारी साहको हत्यारा पत्ता लगाई कारबाही गर्न’ माग राखेर हुन थालेको बिरोध प्रदर्शन रोक्न उर्दी जारी गरेछ भन्दै आश्चार्य ब्यक्त गरेका छन् । नेता गुरुगं प्रश्न गर्छन्, ‘सरकारको पक्षमा प्रदर्शन गरेको भए यस्तो उर्दी जारी हुन्थ्यो होला?’
उनले पुजारीलाई हत्याको बिरोध गर्नेबिरुद्धमा आक्रमक बन्दै राम मन्दीर बनाउन निर्देशन दिनु कत्तिको उपर्युक्त छ भन्ने प्रधानमन्त्री केपी शर्मा ओलीतिर लक्षीत गर्दै बिरोध गरेका छन् ।

नेता गुरुगंको स्टाटस्ः राम मन्दिर बनाउन निर्देशन दिने तर हनुमान मन्दिरको पुजारी श्रीराम साहको हत्यारा पत्ता लगाउन नसक्ने सरकारले ‘पुजारी साहको हत्यारा पत्ता लगाई कारबाही गर्न’ माग राखेर हुन थालेको बिरोध प्रदर्शन रोक्न उर्दी जारी गरेछ। सरकारको पक्षमा प्रदर्शन गरेको भए यस्तो उर्दी जारी हुन्थ्यो होला?