सामाजिक सञ्जाल

संग्रौलाको व्यंग्यः सेना सडकमा निकालेर, तोप पड्कार कोरोना नियन्त्रण गर्ने छाँट देखियो

११ भदौ, काठमाडौं । राजनीतिक विश्लेषक खगेन्द्र संग्रौलाले कोरोना नियन्त्रणमा ओली सरकार कमजोर भएको टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीट माफर्त संग्रौलाले  निषधाज्ञाका कारण संक्रमण घटेको देखेको सरकारले अब सेना र ट्याङ्क सडकमा निकालेर, तोप पड्कार कोरोना नियन्त्रण गर्ने छाँट पो देखियो भन्दै व्यंग्य समेत गरेका छन् ।

कोरोना संक्रमण वढ्दै गएपछि नेपालका विभिन्न जिल्लामा यतिबेला निषेधाज्ञा जारी गरिएको छ । संग्रौलाले सरकारको यो तोरीलाहुरे पाराले न मानिसको जिवनको न आर्थिक जीवनको रक्षा हुने भन्दै सरकारी विज्ञको सल्लाहले बताउने भो भनेका छन् ।

उनको ट्वीटः निषेधाज्ञाको तुजुकले संक्रमण घटेको देख्न फेरि एक हप्ता बन्दाबन्दी ! अब सेना र ट्याङ्क सडकमा निकालेर, तोप पड्कार कोरोना नियन्त्रण गर्ने छाँट पो देखियो गाँठ्ठे ! यो तोरीलाहुरे पाराले न मनुष्य जीवनको न आर्थिक जीवनको रक्षा हुन्छ । सरकारी विज्ञको सल्लाहले बताउने भो, सोल्टी !